कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अनाथहरूको सहयोगार्थ कन्सर्ट

संगीत
विमल खतिवडा

चितवन — भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा अन्य दिनभन्दा भिन्न चहलपहल थियो । जब साँझ पर्दै गयो, तब हलमा तन्नेरीहरूको भीड बढदै गयो ।

अनाथहरूको सहयोगार्थ कन्सर्ट

अनाथ बालबालिकाको सहयोगार्थ चितवन ग्रिन लियो क्लबले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो । 

कन्सर्टको सुरुवातमा कलाकारहरूले मारुनी नृत्य देखाए । त्यसपछि नेपाल आइडलका प्रतिस्पर्धीहरू देखा परे । उनीहरूले पालैपालो अरूका लोकप्रिय गीतहरू सुनाए । साहिल जमिर अलीले ‘समालिन्छ कहिले मन...’ र ‘जिन्दगानी’ फिल्मको ‘माया नै माया छ...’ गाए । अफसर अलीले ‘पिउदिनँ भन्दा भन्दै...,’ ‘झुमा झुम्कावाली...’ र ‘रातो र चन्द्रसूर्य..’ सुनाए । विद्या तिवारीले ‘चौबन्दीमा...’ र ‘यो छोरीको रूपै राम्रो...’ गाइन् ।

साँझ जति छिप्पिँदै गयो, दर्शक भीड त्यति बढ्दै थियो । 

लोकदोहोरी गायक पशुपति शर्मा खुट्टो समात्दै स्टेजमा देखा परे । ‘दाहिने खुट्टा फ्याक्चर भए पनि दर्शकको मायाले तान्यो’ भन्दै उनी गीत गाउन तम्तयार भए । उनले सुरुवात ‘मलाई अमेरिका यै...’ गीतबाट गरे । लगत्तै ‘मेरो माया बसेको ठाउँमा...’ गाएर दर्शकश्रोतालाई झुमाए । उनको तिहार गीत ‘देउसीरे...’ मा ननाच्ने कोही भएन । उनले स्टेजमा बसेर भट्याइरहे, दर्शकदीर्घाबाट एकोहोरो जवाफ आइरह्यो, ‘देउसिरे...’ ।

वातावरण देउसीभैलीमय बन्यो । तिहार गीत भएकाले दर्शकश्रोताले पशुपतिको प्रस्तुति रुचाए ।

फ्लाइङ वर्डस्को र्‍याप गीतमा दर्शकश्रोताले फरक सांगीतिक मज्जा लिए । उता, हास्य कलाकार सन्दिप क्षेत्रीले भने गीतसंगीतमा रमाइरहेका दर्शकश्रोतालाई केही समय हँसाए । आफ्नै अगाडिका दशर्कश्रोताको हाउभाउमाथि व्यंग्य गरे उनले ।

रातको नौ बजेपछि नेपाल आइडलका अर्का प्रतिस्पर्धी सुरज थापा स्टेज उक्लिए । दौरासुरुवालमा सारंगीसहित देखा परेका उनले ‘आमाले सोध्लिन् नि...’ गाउँदै दर्शकश्रोतालाई भावुक बनाए । त्यसपछि उनी स्टेजमै पोसाक परिवर्तन गरेर ‘बहुला हुँ म...,’ ‘मस्कीमस्की हिँड्नेलाई...,’ ‘तालको पानी...’ गाउँदै बिदा भए । 

प्रकाशित : कार्तिक २, २०७४ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?