१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘मेला’ भारतमा देखाउन १६ लाख

शंकर आचार्य

पर्सा — आउँदो कात्तिक २४ गते देशभर रिलिज हुने तरखरमा रहेको ‘मेला’ लाई भारतमा प्रदर्शन गर्ने अधिकार भोजपुरी फिल्मका नायक प्रदेशी साहले किनेका छन् । उनले प्रदर्शन अधिकार १६ लाख रुपैयाँमा किनेका हुन् ।

‘मेला’ भारतमा देखाउन १६ लाख

 वीरगन्जमा मंगलबार प्रदेशीले ‘मेला’ का निर्माता, लेखक तथा सहनिर्देशक हरि पन्तलाई त्यसबापत् चेक हस्तान्तरण गरे ।

‘मैले यो फिल्मका तीनवटै गीत र ट्रेलर हेरेको छु,’ प्रदेशीले भने, ‘यो फिल्ममा म आफैंले पनि महत्त्वपूर्ण भूमिका निभाएको छु । फिल्म समग्रमा अत्यन्त राम्रो र समयसापेक्ष बनेको छ, त्यसकारण मैले यसको भारतमा प्रदर्शनको अधिकार सुरक्षित पारेको हुँ । दिल्ली र मुम्बईमा प्रशस्त नेपाली छन्, त्यहाँका हलहरूमा प्रदर्शन गर्छु । दार्जिलिङ, सिक्किम, सिलिगुडीलगायत नेपालीभाषीहरूको बाक्लो बसोबास रहेका ठाउँहरूमा पनि सम्भावना राम्रो छ ।’ 

भारतमा प्रदर्शनको अधिकार बिक्रीसँगै राम्रो रकम हात परेकाले लगानीकर्ताका दृष्टिले आफूलाई सुरक्षित महसुस गरेको पन्तले बताए । ‘यो नेपाली फिल्मको बजारको दायरा पनि फराकिलो हुँदै गएकाले यो अत्यन्त सकारात्मक लक्षण पनि हो,’ उनले भने ।

यसअघि राजेश हमाल र कोमल ओली अभिनीत ‘राजनीति’ बनाएका पन्तले आफ्नो दोस्रो फिल्म थप स्तरीय बनेको दाबी गरे ।

वसन्त निरौला निर्देशित ‘मेला’ मा सलोन बस्नेत, अशिष्मा नकर्मी, आमेश भण्डारी मुख्य भूमिकामा छन् । 

 

प्रकाशित : कार्तिक १६, २०७४ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?