३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

‘फेरिफेरि’ खेल्दै अर्पण–ऋचा

कान्तिपुर संवाददाता

काठमाडौं — अर्पण थापा र ऋचा शर्मा पछिल्लो पटक ‘आधा लभ’ मा स्क्रिन सेयर गरेको देखिएका थिए । उक्त फिल्मलाई अर्पण स्वयंले निर्देशन पनि गरेका थिए । उक्त जोडीलाई दर्शकले खासै साथ नदिए पनि अर्पण र ऋचा भने ‘फिर्के’ मा पनि दोहोरिए ।

‘फेरिफेरि’ खेल्दै अर्पण–ऋचा

यति बेला सोही जोडीलाई लिएर निर्देशक पुरन थापाले ‘फेरिफेरि’ बनाउन लागेका छन् । यसअघि कमेडी जानरामा ‘पिरिम पर्‍या छन्’ र ‘कान्छी मटयाङ टयाङ’ निर्देशन गरेका थापाले ‘फेरिफेरि’ पनि कमेडी शैलीमै बनाउने बताएका छन् ।

टेलिसिरियलमा ‘दोहोर्‍याई दोहोर्‍याईकन’ भन्ने थोगोका कारण कमेडी कलाकारमा समेत हिट पुरनको फिल्ममा अर्पण र ऋचासहित ओम प्रतीक गुरुङ, धर्मेन्द्र आचार्य र स्वयं पुरन प्रमुख भूमिकामा देखिँदै छन् ।
माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने उक्त फिल्म उच्च प्रविधिमा खिचिने बताइएको छ । रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत रहनेछ ।

प्रकाशित : कार्तिक २२, २०७४ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?