१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

विपिनको लुक्स दयाहाङको डान्स

युटयुब ट्रेन्ड
कान्तिपुर संवाददाता

काठमाडौं — बुधबार युट्युब नेपालको ट्रेन्डिङ लिस्टमा फिल्महरूको वर्चस्व रह्यो । ट्रेलर , टिजर, गीत र सिंगो फिल्म नै ट्रेन्डिङमा देखिए । टप पाँचभित्र चारवटा त फिल्मसम्बन्धी कन्टेन्ट थिए । छैटौं, बाह्रौं र सोह्रौं स्थानमा पनि फिल्महरू नै देख्न सकिन्थ्यो ।

विपिनको लुक्स दयाहाङको डान्स



नेपाल ट्ेरन्डिङको पहिलो नम्बरमा सलमान खान अभिनीत ‘टाइगर जिन्दा है’ को ट्रेलर रह्यो भने, दोस्रो नम्बरमा नेपाली फिल्म ‘नाका’ को टिजर देखियो । चार दिनअघि युट्युबमा राखिएको ‘नाका’ को भिडियो हेरेर धेरैले कलाकार विपिन कार्कीलाई बधाई दिएका छन् । एक मिनेट ३२ सेकेन्डको टिजरमा एक लाखभन्दा बढी भ्युज र दुई सय कमेन्ट आएका छन् । ‘भस्मे डनजस्तो कलाकारको खाँचो छ नेपाली फिल्म क्षेत्रलाई,’ मानव बस्यालले लेखेका छन् । दिनेश भण्डारीले चाहिँ विपिनलाई नेपाली जोनी डेप भन्न रुचाएका छन् ।

अमित श्रेष्ठ निर्देशित फिल्ममा विपिनको हेयर स्टाइलले पनि चर्चा पाइरहेको छ । ‘अनौठो लुक्स र भर्सटायल एक्टिङले सधैं हामीलाई ट्वाँ पारिरहनुहुन्छ,’ हेमन्त त्रितालले लेखेका छन्, ‘ग्रेट म्यान, लभ यु अल्वेज ।’ फिल्ममा थिन्ले ल्हामु, रविन तामाङ, शिव मुखिया, प्रकाश गन्धर्वलगायतले अभिनय गरेका छन् ।


राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर रहेको ‘चरी चट्ट परी...’ गीतको भिडियो ट्ेरन्डिङको तेस्रो नम्बरमा छँदा यसको भ्युज १४ लाख २२ हजार प्लस थियो । आकाश अधिकारी निर्देशित ‘कान्छी’ फिल्मको उक्त गीतमा श्वेता खड्का र दयाहाङ राईको नृत्य देख्न सकिन्छ । लामो समयपछि फिल्ममा आएकी श्वेतालाई धेरैले ‘वेलकम ब्याक’ भनेका छन् । दयाहाङको नाचले पनि मनग्गे तारिफ पाएको छ ।

‘आम्मै, हाम्रो दयाहाङ दाजै’नि राम्रो नाच्नुहुने रैछ हाउ,’ नेप्लिज हार्ट नामक एकाउन्ट होल्डरले आश्चर्य जनाएका छन्, ‘अभिनय मात्रै हेरिएको थियो । अन्तरवार्तामा पनि नाच्न आउँदैन भन्नुहुन्थ्यो । तर, दाजैले यो पटक सरप्राइज दिनुभयो ।’ श्वेतालाई देख्दा अभिनेता श्रीकृष्ण श्रेष्ठको याद आएको प्रतिक्रिया प्रशस्त आएका छन् ।

सोमबार मात्रै युट्युबमा अपलोड गरिएको ‘टाइगर जिन्दा है’ को ट्रेलरमा बुधबारसम्म १ करोड ७१ लाख २७ हजार ५ सय भ्युज थियो । सलमान खान र कट्रिना कैफ अभिनीत फिल्मको ट्ेरलर युट्युब नेपाल ट्ेरन्डिङको पहिलो नम्बरमा रह्यो । नेपालमा मात्र नभएर भारत र पाकिस्तानमा पनि उक्त भिडियो ट्ेरन्डिङको नम्बर एक स्थानमा थियो भने यूएई र ओमनमा दोस्रो, साउदी अरबमा तेस्रो र सिंगापुरमा १५ औं नम्बरमा थियो । तीन मिनेट १२ सेकेन्डको भिडियोमा ५ लाख लाइक्स हुँदा ५६ हजारभन्दा बढी प्रतिक्रिया आएका थिए ।

‘सल्लु भाइ’ को फिल्म हेर्न व्यग्र प्रतीक्षा गरिरहेको धेरैले कमेन्ट गरेका छन् ।
कसैलाई चाहिँ फिल्मको नाम वाहियात लागेको उल्लेख गरेका छन् । ‘अर्को सिक्वेल यस्तो होला,’ जस्ट एनोदर गाई नामक युट्युब युजर लेख्छन्, ‘टाइगर अच्छा है, टाइगर कौन है ?, टाइगर सल्लु है, मैं टाइगर हुँ, मैंने टाइगर देखा... ।’ फरुक वकिरले ट्ेरलर हेर्ने भएर जिन्दगीको अमूल्य तीन मिनेट खेर फालेकोको पीर पोखेका छन् । उनी लेख्छन्, ‘यो बकबासको हेरेर तीन मिनेट बर्बाद गरेँ ।’

तेलगु एक्सन थ्रिलर ‘डाइनामाइट’ ट्ेरन्डिङको चौथो स्थानमा रहँदा भारतीय टीभी रियालिटी सो ‘सारेगमप लिटल च्याम्प्स’ बाट बाहिरिएका जयश कुमारको भिडियो पाँचौं नम्बरमा थियो । अघिल्लोमा ४६ लाखभन्दा बढी भ्युज हुँदा जयशको भिडियोमा १ करोड ५ लाख भ्युज देखियो । हिन्दीमा अनुवाद गरिएको ‘डाइनामाइट’ लाई रिया गुप्ताले ‘नाइस मुभी’ भनेकी छन् ।

जयशले सोबाट बाहिरिँदै गर्दा गाएको ‘चन्ना मेरेआ, मेरेआ...’ गीत सुनेर शताब्दी दासले आफूलाई रोइरहन मन लागेको प्रतिक्रिया दिएकी छन् । उपासना श्रीवास्तवलाई भने कार्यक्रममा सबैले ‘ओभर एक्टिङ’ गरेको भन्ने लागेछ । उनी लेख्छिन्, ‘त्यस्तो जोडदार पाराले रुनुपर्ने कारण के छ र ?’ १६ मिनेटको भिडियोमा चार हजारभन्दा बढी कमेन्ट आएका छन् ।


टप फाइभ (बुधबार साँझसम्म)
१. टाइगर जिन्दा है
२. नाका
३. ‘चरी चट्ट परी...’
४. डाइनामाइट
५. जयश ‘चन्ना मेरेआ...’

प्रकाशित : कार्तिक २३, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?