कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बलिउडमा जो भए आफ्नै बलबुतामा स्थापित

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउडलाई रहस्यमयी मानिन्छ । कतिपय यो दुनियाँमा छिर्न असाध्यै मुस्किल रहेको बताउँछन् । कोही चाहिँ आफूमा क्षमता छ भने बलिउड स्वागतका लागि तम्तयार रहेको सुनाउँछन् । यद्यपि, त्यहाँ नातावाद वा भाइभतिजावादको प्रसंग धेरै आउने गरेको छ ।

बलिउडमा जो भए आफ्नै बलबुतामा स्थापित

बिनाकुनै गडफादर वा नजिकका मान्छेबेगर बलिउडमा काम पाउन गाह्रो हुने कतिपय सेलेब्रिटी स्वयंले बताउने गरेका छन् । निर्माता/निर्देशकसँग गहिरो चिनजान वा नाता नभएसम्म ठूलो ब्यानरका फिल्मको त कल्पनै नगरे हुने तिनको अनुभव छ । तर, त्यस्तै जटिलतामा केही सेलेब्रिटी अपवाद छन् । कसैको हैँसेबिना नै तिनले आफूलाई स्टार बनाएको देख्न सकिन्छ ।

मसला डटकमले बलिउडका सेल्फ–मेड आर्टिस्टमा विद्या बालन, कंगना रनावत, नवाजुद्दिन सिद्धिकी, रणवीर सिंह र अनुष्का शर्मालाई उल्लेख गरेको छ । यी कलाकार आफ्नै क्षमताले माथि आएको उसको विश्लेषण छ । ‘स्टार किडलाई पनि गाह्रै भयो होला,’ वेबसाइटमा भनिएको छ, ‘तर, फिल्म ब्याकग्राउन्ड नभएकालाई भन्दा तिनलाई अवश्य सजिलो थियो ।’

पिंकभिल्ला म्यागजिनले चाहिँ सन् १९९० र २००० का स्टार किड र सेल्फ–मेड आर्टिस्टको सूची नै निकालेको छ ।

सूचीमा अनिल कपुर, गोविन्दा, सञ्जय दत्त, सलमान खान, सैफ अली खान, अजय देवगन, सनी देवल, रविना टण्डन, रानी मुखर्जी र काजोललाई ९० को दशकका स्टार–किड भनिएको छ । स्थापित कलाकारका छोराछोरी भएकाले तिनलाई फिल्म क्षेत्रमा प्रवेश गर्न धेरै सहज भएको थियो । त्यहीताका माधुरी दीक्षित, शाहरूख खान, अक्षय कुमार, जुही चावला र ऐश्वर्या रायलाई भने सेल्फ–मेडको उपमा दिइन्थ्यो ।

सन् २००० को दशकमा प्रिटी जिन्टा, विपाशा वसु, प्रियंका चोपडा, कट्रिना कैफ, दीपिका पादुकोणलगायत सिनमा आए । एक्लो संघर्षले नै यिनलाई सेलेब्रिटी बनायो । अर्कातिर करिना कपुर, हृतिक रोशन, अभिषेक बच्चन, रनवीर कपुर, शाहिद कपुर, वरुण धवन, आलिया भट्ट, सोनाक्षी सिन्हा र सोनम कपुर आफ्ना अग्रजको पथ पछ्याउँदै फिल्म क्षेत्रमा आएका थिए/छन् ।

मुम्बईमै जन्मेहुर्केकी भए पनि विद्या बालन फिल्मी दुनियाँबाट पर थिइन् । सोह्र वर्षको उमेरमा उनले पहिलो पटक एकता कपुरको सिटकम ‘हम पाँच’ मा काम गरेकी थिइन् । त्यसपछि विभिन्न विज्ञापन र म्युजिक भिडियोमा अभिनय गर्दै उनले ‘परिणीता’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी थिइन् । पहिलो फिल्मबाटै राष्ट्रिय पुरस्कार पाएपछि उनको बाटो फराकिलो बनेको थियो ।

अहिलेका चर्चित अभिनेता रणवीर सिंहले बलिउड छिर्न खुबै कसरत गर्नुपर्‍यो । उनले थुप्रै फिल्मका लागि अडिसन दिए । तर, कतै छानिएनन् । सानातिना भूमिकाका लागि प्रस्ताव आउँथे । उनी दिक्क हुन्थे । ‘धेरै फ्रस्ट्ेरसन हुन्थ्यो,’ रणवीर भन्छन्, ‘म गलत क्षेत्रमा त आउँदै छैन भन्ने लाग्थ्यो । तर, बिस्तारै काम बन्दै गयो ।’

प्रकाशित : कार्तिक २४, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?