२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आकाशकी ‘ड्रिमगर्ल’ बन्दै आश्मा

कान्तिपुर संवाददाता

काठमाडौं — निर्देशक ऋषिराज आचार्यले आफ्नै पटकथा लेखनमा ‘ड्रिमगर्ल’ बनाउने घोषणा गरेका छन् । बिहीबार एक कार्यक्रममा आचार्यले ड्रिमगर्लको रूपमा फिल्ममा आश्मा गिरीलाई अनुबन्ध गरेको जानकारी दिए ।

आकाशकी ‘ड्रिमगर्ल’ बन्दै आश्मा

देशव्यापी अडिसनपछि आश्मालाई छानिएको उनले बताए । फिल्ममा आश्मा ‘म त तिम्रै हुँ’ नायक आकाश श्रेष्ठकी ड्रिमगर्ल बन्न लागेकी हुन् । आकाशले ‘तिमीसँग’ र ‘ब्ल्याक’ पछि चौथो फिल्मका रूपमा यसलाई रोजेका हुन् । दक्षिण भारतको रिल एन्ड रियल सिनेमा र निर्देशकको आरबी मुभिजको ब्यानरमा संयुक्त निर्माण हुन लागेको फिल्मको सुटिङ शुक्रबारदेखि सुरु हुनेछ । 

फिल्ममा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सनविक्रम राई, रुपा सुवेदी, पूजा पराजुली, लक्ष्मी गिरी, सुरवीर पण्डितलगायतको पनि मुख्य भूमिका रहनेछ । बिहीबारै गरिएको मुहूर्तमा संविधानविद् डा. भीमार्जुन आचार्य, फिल्म निर्देशक शम्भु प्रधान, स्क्रिप्ट राइटर नूतन प्रधान, कलाकार अशोक शर्मा, सञ्चारकर्मी/फिल्म निर्देशक लक्ष्मण सुवेदी, अभिनेता अर्जुन श्रेष्ठले फिल्मको सफलताको शुभकामना दिए ।

राजधानी, मुस्ताङ, रारा तालका साथै कतारका विभिन्न स्थानमा खिचिने फिल्ममा राहुल राईले क्यामेरा सम्हाल्नेछन् । गम्भीर विष्टको कोरियोग्राफी, सम्राट बस्नेतको द्वन्द्व निर्देशन र अर्जुन पोखरेलले संगीत रहने फिल्मको सम्पादन नवीन निरौलाले गर्नेछन् ।

प्रकाशित : कार्तिक २४, २०७४ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?