कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

फ्यानको धम्की

कान्तिपुर संवाददाता

काठमाडौं — कलाकारहरू आफ्नो सम्पत्ति भनेकै फ्यान हुन् भन्ने गर्छन् । बलिउड अभिनेता वरुण धवनचाहिँ आजकल यसो भन्न सक्दैनन् । उनी फ्यानविरुद्ध नै मुद्दा हाल्न बाध्य भएका छन् । यसै साता उनले एक युवतीविरुद्ध प्रहरीमा उजुरी दिएका छन् ।

फ्यानको धम्की

युवतीले ह्वाट्स एपमा बग्रेल्ती म्यासेज पठाएर हैरान लगाएको र जथाभावी लेख्न थालेपछि आफूले उनलाई ब्लक गरेको वरुणको भनाइ छ । पछिल्लो पटक त नचिनेको नम्बरबाट फोन आउने र धम्कीसमेत दिने गरेपछि वरुण प्रहरीसम्म पुगेको मिड–डे पत्रिकामा उल्लेख छ । ‘म्यासेज रिप्लाई नगरे ती युवतीले आत्महत्या गर्नेछिन्’ भन्ने खालका धम्कीले वरुणलाई तनाव दिने गरेका रहेछन् । ‘मैं तेरा हिरो’ एक्टरले यसबारे आफ्नो कानुनी सल्लाहकारसँग परामर्श लिएपछि प्रहरीसमक्ष पुगेका थिए ।

‘हामी छानबिनको क्रममा छौं’, प्रहरीले भनेको छ, ‘उनलाई फोन आएको नम्बर अहिले स्विच अफ गरिएको छ । हामी पत्ता लगाउँछौं ।’ यसबारे वरुण स्वयंले भने सञ्चारमाध्यमलाई कुनै जानकारी वा प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित : कार्तिक २५, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?