३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लुकिङ फर लभ...

कान्तिपुर संवाददाता

काठमाडौं — रक ब्यान्ड ‘अभया एन्ड द स्टिम एन्जन्स’ शनिबार ओलम्पिया वल्र्ड स्कुलमा गुन्जियो । अमेरिकाका सात सहरमा आफ्नो सांगीतिक प्रस्तुति दिएर हालै मात्र स्वदेश फर्किएको ब्यान्डले विद्यालयका बालबालिकामाझ आफ्ना गीत सुनाएको थियो ।

लुकिङ फर लभ...

भोकलिस्ट अभया सुब्बाका अनुसार ब्यान्डले अमेरिकाको सिनसिनाती, सेन्ट लोस, एटलान्टा, बोस्टन, न्युयोर्क, वासिङ्टन डीसी र बाल्टिमोरमा कन्सर्ट गरेको थियो । स्कुलको सातौं वार्षिकोत्सवमा आयोजित ‘ओलम्पिया फेट’ मा उसले ‘हामी सबै नेपाली...’, ‘लुकिङ फर लभ...’, ‘रमाउन देऊ...’, ‘तिम्रो लागि सारा संसार...’, ‘यो मेरो घर...’ लगायत गीत प्रस्तुत गर्दा विद्यार्थी, अभिभावक र शिक्षकहरू मज्जाले नाचे । 

‘वुमेन इन कन्सर्ट’ की अगुवा अभयाले नारीप्रति समर्पण गर्दै मेला आयोजना गरेकोमा खुसी व्यक्त गरिन् । ‘अहिलेको युगमा पनि महिलाप्रतिको दृष्टिकोण पुरानै छ,’ उनले भनिन्, ‘यस्तो बेला एउटा स्कुलले नारीको सम्मानका लागि कार्यक्रम गर्नु सराहनीय काम हो ।’ कार्यक्रमको व्यवस्थापन पोजेटिभ भाइब्सले गरेको थियो । 

प्रकाशित : कार्तिक २८, २०७४ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?