३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

मलाई मन पर्छ - कमलमणि नेपाल, अभिनेता

कान्तिपुर संवाददाता

काठमाडौं — ठाउँ
धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ ।

मलाई मन पर्छ - कमलमणि नेपाल, अभिनेता

ठाउँ
धेरै ठाउँ घुम्ने अवसर जुरेको छैन । सुटिङका बेला सजिलै पुगिने पोखरा हो । त्यसैले पनि होला, त्यहाँको दृश्य निकै मन पर्छ ।

परिकार
मलाई मन पर्ने परिकार अनुसार त म निकै मोटो देखिनुपर्ने हो । मलाई दूधले बनेको ढकनी खुब मन पर्छ । पेटले मागुन्जेल खाइरहन्छु । र, पनि ज्यानचाहिँ उस्तै छ ।

पेय
कहिलेकाहीं अल्कोहल लिन्छु । तर, डबल ब्ल्याक व्हिस्की । जुसमा क्यानबेरी मन पराउँछु ।

पुस्तक
हुन त बजारमा थुप्रै साहित्यिक पुस्तक छन्, तैपनि म चाहिँ भर्खरै बुद्धिसागरको उपन्यास ‘फिरफिरे’ पढेर सक्दै छु । कुमार नगरकोटीको ‘दोचा’ ले अलिक बढी मन छोएको छ ।

लेखक
जसलाई पढियो उसैलाई मन पराउने हो । मैले नजिकबाट अध्ययन गरेका दुई लेखक छन्, बुद्धिसागर र कुमार नगरकोटी । बुद्धिसागर रियालिटीमा लेख्ने भएकाले मन पर्छन । कुमार चाहिँ फयान्टासी लेख्न माहिर छन् ।

गीत
विभूषण बस्नेतको गीत, ‘कोशीले ’नि पिर्‍यो हजुर...’ भन्ने । यो गीत जति सुन्दै गयो उत्ति नै भावुक बनाउँछ । हाम्रै नेपालीको मनोभाव समेटेर बनाएको भएर होला ।

गायक/गायिका
पुराना गीत खोजीखोजी सुन्छु । गायिकामा अरुणा लामा र गायकमा शिशिर योगी मन पर्छन् ।

फिल्म
फिल्म चाहिँ लेटेस्ट नै मन पर्छ । भर्खरै हेरेको आमिर खानको ‘सिक्रेट सुपरस्टार’ ले मन छोयो । कुनै तडकभडकबिना बालकलाकारलाई लिड रोल दिएर पनि फिल्म राम्रै बनाउन सकिने रहेछ ।

अभिनेता/अभिनेत्री
आमिर खानको फयान हुँ । उनी कम फिल्म बनाउँछन् तर आफू पूर्ण रूपमा अब्बल भएको प्रमाणसहित काम देखाउँछन् । अभिनेत्रीमा चाहिँ विद्या बालन र कोनकोना सेन मन पर्छन् । कोनकोना आर्ट मुभीमा सुहाउँछिन् । रोल छोटो भए पनि त्यसमा उनको क्षमता प्रशस्तै देखिन्छ ।

ग्याजेट
अहिले हुवाईको मोबाइल चलाएको छु ।
यसका नयाँ भर्सनहरू आएका छन् । यसको ब्याट्री मज्जाले टिक्छ ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?