कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘नालापानी’ मा सेनाले दियो अडिसन

कान्तिपुर संवाददाता

काठमाडौं — अंग्रेजसँगको युद्धका बेला गोर्खाली सेनाले नालापानीमा गर्विलो इतिहास राखेका थिए । हाल भारतको देहरादुनमा पर्ने नालापानीको रक्षार्थ गोर्खा सेनाको कमान्ड बलभद्र कुँवरले सम्हालेका थिए ।

‘नालापानी’ मा सेनाले दियो अडिसन

तर अंग्रेजले पानीसमेत रोकिदिएर गोर्खालीलाई उक्त स्थान छोड्न बाध्य पारेको इतिहासमा पढ्न पाइन्छ । तर अब उक्त इतिहासलाई हेर्नसमेत पाइने भएको छ । प्राध्यापक रामराजा कुँवर र डा. धनबहादुर कुँवरले संयुक्त रूपमा लेखेको पुस्तक ‘वीर बलभद्र कुँवर’ मा आधारित भई निर्देशक रिमेश अधिकारीले ‘नालापानी’ फिल्म बनाउन लागेका हुन् । 

गोर्खाली सेनाको अदम्य साहसलाई दर्साउने उक्त नालापानी लडाइँको वीरतालाई पस्कने गरी निर्देशक रिमेशले नेपाली सेनाका जवानलाई नै फिल्ममा खेलाउने तयारी गरेका छन् । यसका लागि उनले केही नेपाली सेनालाई अडिसन लिएका छन् । फिल्ममा लडाइँका दृश्य धेरै र महत्त्वपूर्ण हुने भएकोले कलाकारका रूपमा दक्ष योद्धा नै आवश्यक देखेर सेनाका जवानलाई नै अडिसन लिइएको निर्देशक अधिकारीले बताए । 

‘सामान्य कलाकारलाई लडाकुका रूपमा तयार पार्न समय धेरै लाग्ने र रणकौशलको दक्षता नहुने भएकोले पनि नेपाल आर्मीका जवानलाई नै बरु अभिनय सिकाउँदा सहज हुने ठान्यौं,’ निर्देशक अधिकारीले भने । उनले युद्धका दृश्यलाई भरसक सजीव बनाउने प्रयास रहनेमा जोड दिए । त्यसो त फिल्मका मुख्य कलाकार भने गैर सैनिक नै हुने उनले बताए ।

प्रकाशित : कार्तिक २९, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?