श्रीदेवी छोरीप्रति उत्साहित

कान्तिपुर संवाददाता

काठमाडौं — बलिउड सेलेब्रिटीहरूबिच अहिले नवप्रवेशी जाह्नवी कपुरबारे बढी कुरा हुन थालेको छ । आमा श्रीदेवी पनि जाह्नवीको बलिउड डेब्युलाई लिएर उत्साहित छिन् । जाह्नवीले लामो समयदेखि करण जौहरसँग मिलेर पहिलो फिल्मको तयारी गरिरहेकी छन् । सञ्चारमाध्यमका अनुसार, ‘धडक’ को छ र आउँदो महिनादेखि फिल्म सुटिङको लागि फ्लोरमा जानेछ ।

श्रीदेवी छोरीप्रति उत्साहित

भारतीय सञ्चारमाध्यमसँग कुरा गर्दै श्रीदेवीले जाह्नवीका लागि आफू उत्साहितजति नै नर्भस पनि भइरहेको खुलाएकी छन् । उनले भनेकी छन्, ‘म अरू सहयोग त गर्न सक्दिनँ, तर लगाउने लुगादेखि के खाने भन्ने कुरासम्म टिप्स भने दिन सक्छु ।’

उनले आफ्नी ठुली छोरीले बलिउडमा स्थान बनाएको हेर्न चाहेको बताएकी छन् । ‘छोरीहरूले आफ्ना बारे आफै सोच्न सक्छन् । उनीहको रुचिबारे म सुझाव दिन चाहन्नँ’, उनले भनेकी छन्, ‘जाह्नवीले पनि आफ्नो कौशललाई आफैले तिखार्दै लानुपर्छ । आफ्ना चाहना पूरा गर्ने बाटो आफैले खन्नुपर्छ ।’

तर सबैलाई थाहा भएकै कुरा हो, एकअर्काविरुद्ध उभिनु बलिउडको पुरानै चरित्र हो । डेब्यु गर्नुअघि नै जाह्नवीलाई सैफ अली खान छोरी सारासँग तुलना गर्न थालिएको छ । दुबै नवनायिकाबारे श्रीदेवीले भनिन्, ‘यो फिल्म उद्योगमा कम्पिटिसन भइरहन्छ । यो नराम्रो पनि होइन । यसले आफ्नै खुट्टामा उभिरहन र थप मेहनत गर्न प्रोत्साहित न दिन्छ ।’

प्रकाशित : कार्तिक २९, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?