अमेरिका जाँदै नेपाल आइडल

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल आइडलका टप तीन विजेता अमेरिका जाने भएका छन् । ‘नेपाल आइडल यूएसए टुर २०१८’ का लागि केटीएम इन्टरटेन्मेन्टले बुद्ध लामा, निशान भट्टराई र प्रताप दासलाई अ‍ेमरिकाका आठ सहरमा उपस्थित गराउँदै छ ।

जनवरीबाट सुरु हुने एक महिने भ्रमणमा उनीहरूसँग आइडलका होस्ट सुशील नेपाल सहभागी हुनेछन् । न्युयोर्कमा रहेको केटीएम इन्टरटेन्मेन्टले कन्सर्ट र फिल्म फेस्टिभलहरू आयोजना गर्दै आएको छ । आइडल टोली पहिलो पटक अमेरिका जाँदै छ । उनीहरू अचेल देश–विदेशका कन्सर्टमा व्यस्त छन् ।

प्रकाशित : मंसिर ४, २०७४ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

दिवसको ‘सम्झिराख’ भिडियोमा

शैली संक्षेप
कान्तिपुर संवाददाता

काठमाडौं — वरिष्ठ कवि एवं संस्कृतिविद् तुलसी दिवसले धेरै वर्षअघि ‘सम्झिराख’ शीर्षकमा यस्तो कविता लेखेका थिए–


मेरैजस्तो तिम्रो 
हृदयको गमलामा पनि
सम्झनाको फूल फुलेकै होला 
सम्झिराख
सम्झिराख, लामो सफरमा 
आँसु र हाँसो बाँड्नुपर्छ
सम्झिराख...

अब यो कवितालाई गीतको रूपमा संगीतबद्ध सुन्न र भिडियोमा हेर्न पाउने भएको छ । यो कवितालाई नेपथ्यले आफ्नो दसौं एल्बममा समेटेको छ । 

युट्युबमार्फत नेपथ्यले यसको भिडियो पनि सार्वजनिक गरेको छ । ‘मैले यो कविता बाल्यकालमै रचेको थिएँ,’ कवि दिवसले भने, ‘पछि कविता संग्रह निकाल्ने बेलामा यसका शब्दहरूको मर्मले छोएपछि प्रकाशित पनि गरेको थिएँ ।’ बाल्यकालमा लेखेको र युवावस्थामा प्रकाशित भएको यो कवितालाई आफू प्रौढ अवस्थामा पुग्दा नेपथ्यले यसरी गीतका रूपमा अघि बढाएकोमा उनले खुसी प्रकट गरे । म्युजिक भिडियोले भने ललितपुरका पुराना गल्ली, दरबार र ढुंगेधाराहरूलाई लोकेसन बनाएको छ । भिडियोमा ब्यान्डका सदस्यहरू रातको एकान्तमा पुरानो सहरको यात्रा गरेको सन्दर्भ छ । 

‘शब्दको खोजीमा हिँडिरहँदा तुलसी दिवसको पुरानो कविता संग्रह हातपरे र पढ्दै जाँदा कविता मनपराएर गाउने योजना बनाएको’ गायक एवं ब्यान्डका अगुवा अमृत गुरुङले भने । नेपथ्यले आफ्नो स्थापनाको रजत वर्ष मनाउने घोषणासँगै यो गीत सार्वजनिक गरेको बताइएको छ । 

प्रकाशित : मंसिर ४, २०७४ ०९:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT