झरना र साम्राज्ञीलाई अष्ट्रेलियामा रेड कार्पेट

नारायण खड्का

अष्ट्रेलिया — नेपाली चलचित्र ‘ए मेरो हजुर–२’ अष्ट्रेलियामा हाउसफूल प्रदर्शन भइरहेको छ । उक्त चलचित्रको प्रदर्शनमा सहभागिता जनाउन आएका नेपाली नायिकाद्वय झरना थापा र साम्राज्ञी राज्यलक्ष्मी शाहलाई यहाँका चलचित्रप्रेमीले भब्य स्वागत गरेका छन् ।

नेपाली चलचित्रको राम्रो बजार बन्दै गएको अष्ट्रेलियामा यस चलचित्रले राम्रो बजार लिन सफल बनेको वितरकले दाबी गरेको छ । चलचित्रको प्रदर्शनमा यहाँ आइपुगेकी निर्देशक झरना थापा र नायिका साम्राज्ञीलाई कार्यक्रमस्थलमा रेड कार्पेटमा स्वागत गरिएको थियो । रेड कार्पेट शोमा सहभागिता जनाउन आएका उनीहरुले दर्शकहरुसँगै बसेर चलचित्र हेरेका थिए । कार्यक्रममा अहिलेकी चलेकी नायिका साम्राज्ञी र झरना दुवैले दर्शकको ध्यान तानेको थियो भने नायिका थापाको निर्देशकीय क्षमता र कलाकारहरुको अभिनयको समेत दर्शकहरुले तारिफ गरेका थिए ।

सिड्नी, मेलबर्न, ब्रिसबन र तास्मानियामा हुने चलचित्र प्रदर्शनमा सहभागिता जनाइरहेका उनीहरुले अष्ट्रेलियाका नेपालीहरुले देखाएको माया र सम्मानप्रति खुशी ब्यक्त गरे । उनीहरुले अष्ट्रेलिया नेपाली चलचित्रका लागि राम्रो बजार बन्दै गएको बताउँदै नेपाली कलाकार र चलचित्रहरुलाई सँधै माया गरिदिन आग्रह समेत गरे ।

तास इभेन्टस र हो र हैन होला इभेन्टसले संयुक्त रुपमा ल्याएको उक्त चलचित्र यहाँका सबै शहरहरुमा प्रदर्शन गरिने आयोजक संस्थाका रोशन भट्टराईले जानकारी दिए । झरना थापाको निर्देशन र सलिम बानियाँ, साम्राज्ञी राज्यलक्ष्मी शाह, सलोन बस्नेत, बुद्धि तामाङ्गलगायतको भुमिका रहेको छ । चलचित्र यहाँको सिड्नी, तास्मानिया र एडिलेडमा सफल प्रदर्शन भइसकेको र चाँडै ब्रिसबन, पर्थलगायतका शहरहरुमा समेत प्रदर्शन गरिने उनले जानकारी दिए ।

प्रकाशित : मंसिर ११, २०७४ १६:३४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मतपेटिकाको हेलिकप्टर शयर, तीन वटा सुरक्षा घेरा बनाएर राखिने

हरिहरसिंह राठौर

धादिङ — आईतवार सम्पन्न प्रथम चरणको निर्वाचनमा खसेका मतको सुरक्षामा तीन तहको घेरावन्दी हुने भएकोछ  । जिल्लाका विभिन्न मतदानस्थलबाट सवारी साधन तथा हवाई ढुवानीबाट संकलन गरिएका मतपेटिकाहरु सुरक्षार्थ तीनै तहको सुरक्षा घेरावन्दी रहने प्रजिअ श्याम प्रसाद भण्डारीले बताए ।

धादिङका २ निर्वाचन क्षेत्रका १ सय ९ मतदानस्थलका मतपेटिकाहरु मध्य निर्वाचन क्षेत्रनं १ का ५५ वटै स्थलबाट विहान ३ वजेसम्म ल्याइ पुर्‍यायो । दार्खा र सत्यदेवीबाट सोमवार विहान ढुवानी गरिएको थियो भने सडक सन्जालले नछोएका १२ मतदान स्थलका १७ वटा केन्द्रबाट ५१ वटा मतपेतिका र मतदान अधिकृतहरु सेनाको हेलिकप्टरबाट प्रजिअ भण्डारी आफै गएर ओसारेका थिए ।

‘रुवीभ्यालीका १० मतदानस्थल, खनियावास र गंगाजमुनाबाट पनि सोमवार मध्यान्हसम्म हवाई साधनमार्फत सवै मतपेटिका ल्याइ पुर्‍याएको छ । अरु कर्मचारी पैदल आउदैंछन्’ प्रजिअ भण्डारीले बताए ।

‘ मतपेटिकालाई सुरक्षित राख्ने व्यवस्था मिलाउन सोमवार अपरान्ह सबै उम्मेदवार र राजनीतिक दलहरुसंग छलफल गरि प्रतिनिधिसभा, प्रदेशशभा र समानुपातिकका मतपेटिकाहरु संवन्धित निर्वाचन कार्यालयमा ताला मारेर लाहाछाप लगाई नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसमेतको सुरक्षा प्रदान गरिने र राजनीतिक दलहरुले पनि आफ्ना प्रतिनिधि राख्न चाहे व्यवस्था गरिदिने छ’ प्रमुख निर्वाचन अधिकृत उमेश कोईरालाले भने ।

आईतवार निर्वाचन सम्पन्न भएका अन्य ३२ जिल्लाहरु भन्दा सवैभन्दा वढी मतदाता रहेको धादिङमा ६६ प्रतिशत मत खसेको छ । जिल्लाका २ लाख ३३ हजार ५ सय ५ मतदाताहरुले २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र , ४ प्रदेशसभा र समानुपातिकका लागि १ सय ९ मतदान स्थलका २ सय ७५ केन्द्रबाट मतदान गरेका छन् ।

सडक सन्जालले नछोएको उत्तरी भेक र अतिसंवेदनसिल रहेका धादिङका १२ मतदान स्थलका ५१ वटा मतपेटिका सोमवार विहान नेपाली सेनाको हेलिकप्टरले ओसार्‍यो । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर ।

प्रकाशित : मंसिर ११, २०७४ १६:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT