कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

के खेल्छन् बलिउडकर्मी ?

काठमाडौं — बलिउड सेलेब्रिटीहरू फिटनेसका लागि पनि चर्चित छन् । थुप्रै खेलकुदका आफ्नै टिम पनि छन् । उनीहरू साँच्चिकै खेल पनि खेल्छन् र त्यसबाट आफूलाई ‘फिट एन्ड फाइन’ राख्न मदत मिलेको प्रतिक्रिया पनि दिइरहेका हुन्छन् ।

के खेल्छन् बलिउडकर्मी ?

अभिनेत्री दीपिका पादुकोणले डेब्यु फिल्म ‘ॐ शान्ति ॐ’ को एउटा गीतमा शाहरूख खानसँग ब्याडमिन्टन खेलेको दृश्य छ । दीपिका ब्याडमिन्टन खेलाडी नै हुन् । मोडलिङ र पछि अभिनयमा लागेपछि उनको करिअरले त्यो बाटो छोडेको मात्र हो । अचेल पनि बेलाबेला उनी बुवा प्रकाशसँग ब्याडमिन्टन खेल्ने गर्छिन् । प्रकाश अन्तर्राष्ट्रिय रूपमै प्रशंसित ब्याडमिन्टन खेलाडी थिए, कुनै बेला । बुबाकै कारण दीपिकाले सानैमा ब्याडमिन्टन खेल्न सिकिन् । ‘ब्याडमिन्टनले अनुशासन र आत्मविश्वास बढाएको’ उनी मान्छिन् । 


अर्का बलिउड स्टार अक्षय कुमार खतरनाक स्टन्टका लागि चिनिन्छन् । बलिउड प्रवेश गर्नुपहिले उनी बैंककमा मार्सल आर्टस् ट्रेनर थिए । उनी अहिले पनि फिटनेसको लागि मार्सल आर्टस्, किक–बक्सिङ, कराते, पौडी, पार्कर खेल्ने गर्छन् । उनको आफ्नै मार्सल आर्टस् एकेडेमी पनि छ, जहाँ उनी महिलालाई सेल्फ डिफेन्स सिकाउने गर्छन् ।


रनवीर कपुर फुटबल मन पराउने मात्र नभई ‘आफू यसैको लागि बाँचेको’ दाबी गर्छन् । बार्सिलोनाको अफिसियल वेबसाइटमा उनलाई अमेजिङ फयानका रूपमा राखिएको छ । उनी साताको एक दिन अन्य कलाकार साथीहरूसँग फुटबल खेल्छन् । जोन अब्राहम, अभिषेक बच्चन, वरुण धवन, शाहरूख खान, ह्तिक रोशन, टाइगर श्राफ पनि फुटबल खेल्छन् ।
सन् २००७ मा रिलिज भएको ‘दन दना दन गोल’ फिल्ममा जोनले फुटबलरको भूमिका निर्वाह गरेका थिए । उनी पनि बार्सिलोना र मेस्सीका फयान हुन् । अभिषेकचाहिँ चेल्सीका फ×यान हुन् र उनको कबड्डीमा पनि सोख छ । प्रो कबड्डी लिगमा उनको आफ्नै टिम पनि छ, ‘जयपुर पिंक प्यान्थर’ । 
शाहरूख कलेज जीवनमा क्रिकेट र फुटबल खेल्ने गर्थे । क्रिकेटमा उनको आफ्नै कलकत्ता नाइटराइडर्स टिम पनि छ । वरुण म्यानचेस्टर युनाइटेडका सपोर्टर हुन् । उनलाई फुटबलमा किक स्किलहरूमा रुचि लाग्छ । उनी आफ्ना को–स्टारहरूलाई खेलकुदका सामयिक गतिविधिबारे तर्क गरेर दिक्क पार्छन् ।
डान्समा चिनिने ऋतिक आफ्ना छोराहरूसँग र कहिलेकाहीँ च्यारिटीको लागि कलाकार साथीहरूसँग फुटबल खेल्छन् । टाइगर फुटबलबाहेक बास्केटबल पनि खेल्न मन पराउँछन् । टाइगरले त सानो छँदा फुटबल खेलाडी बन्ने सपना नै देखेका थिए । तर भारतको फुटबल राम्रो नदेखेकोले आफ्नो ध्यान बलिउडतिर मोडिएको उनले बताउँदै आएका छन् । त्यसपछि उनले बलिउडको लागि मार्सल आर्टस्, जिम्न्यास्टिक, बास्केटबल र फुटबल सिक्न थाले । यिनै खेलको कारणले आफू फिट रहेको उनी बताउँछन् । 


लिजा हेडनलाई चाहिँ सर्फिङको सोख छ । अस्ट्रेलियामा हुर्किएकी उनी समुद्रमा पानीको लहरसँगै तैरिएर सर्फिङ गर्न रुचाउँछिन् । कल्की कोचलिन आफ्ना बुवाको याद आउनेबित्तिकै फुर्सद मिलाएर स्किइङ गर्न कश्मीर पुग्छिन् । ‘किङ इलेभेन पन्जाब’ की मालिक्नी रहेकी प्रिटी जिन्टाको रुचि राइफल सुटिङ र बास्केटबलमा छ । उनी भन्छिन्, ‘साहसिक खेलले नै मेरो फिटनेस रुटिनको अभिन्न अंगको रूपमा छ ।’ 
ज्याकलिन फर्नान्डिज प्राय: खेल खेल्दिनन् तर जब खेल्छिन्, ग्याङस्टाका रूपमा साहसिक खेल मात्रै खेल्छिन् । जस्तो : स्नोर्कलिङ, स्काई डाइभिङ, स्कुबा डाइभिङ । एक्सन मुभी ‘बागी’ रिलिजका क्रममा अभिनेत्री श्रद्धा कपुरले फयानहरूलाई गर्वका साथ आफूसँग ‘स्कुबा ड्राइभर’ को लाइसेन्स भएको खुलाएकी थिइन् । उनी फुर्सद मिल्नेबित्तिकै नीलो पानीमा डाइभ गर्न पुग्छिन् । स्कुबा डाइभिङ संघले पनि युवाहरूलाई आकर्षित गर्नको लागि उनलाई क्याम्पेनमा निम्त्याउने गरेको छ ।  
सोनाक्षी सिन्हाले कबड्डी टिम ‘द युनाइटेड सिंह’ मा लगानी गरेकी छन् । र, उनी कबड्डी बेलाबेला खेल्छिन् । यसबाहेक उनी पौडीवाज र टेनिस प्लेयर बन्न चाहन्छिन् ।
– एजेन्सी

प्रकाशित : मंसिर १४, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?