२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ट्रेन्डी लुक्समा साम्राज्ञी

काठमाडौं — अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केही दिनयता खबरमा छिन् । यो सब उनको पहिरनका कारण भइरहेको हो । ‘ए मेरो हजुर २’ फिल्मको प्रिमियरका लागि अस्ट्ेरलिया पुगेकी उनी कहिले रोयल ब्लु गाउनमा देखिन्छिन् त कहिले क्रप्ड टिज र वाइड डेनिममा ।

ट्रेन्डी लुक्समा साम्राज्ञी

फेसबुकमा पोस्ट गरिएका उनका तस्बिरले राम्रो लाइक्स पाइरहेका छन् । 
रातो अफ–सोल्डर (मोडिफाइड) जम्परमा साम्राज्ञीलाई निकै आकर्षक देखिएको छ । वाइड डेनिम, फ्लावर प्रिन्टेड टप्स र सेतो स्निकर्समा पनि उनी खुलेकी छन् । वेल्स, ब्रिस्बेन, तास्मनियालगायत सहरको पृष्ठभूमिमा खिचाइएका तस्बिरमा उनको पहिरन निकै ट्रेन्डी लाग्छ ।
‘आई क्याचिङ ड्रेस बनाउन खोजेको थिएँ,’ साम्राज्ञीका ड्रेस डिजाइनर युवी थापाले भने, ‘भनेजस्तै भइरहेको छ ।’
अष्ट्रेलियाका चार सहरमा हुने प्रिमियरका लागि युवीले चार थरी लुक्स आउने पहिरन डिजाइन गर्नुपरेको थियो । कलर, कट्स र स्टाइलिङमा आफूले प्रशस्त मिहिनेत गरेको उनी बताउँछन् । ‘दुई साताभित्र अनेक कन्सेप्ट निकालेर पहिरन तयार पारेका हौं,’ उनले भने, ‘धेरै जटिल खालका लुगा छैनन् । क्यारी गर्न सजिलो होस् भन्ने थियो ।’ त्यसो त साम्राज्ञीमा पहिरन सम्हाल्ने ढंग भएकाले ढुक्कैले डिजाइन गर्न सकिने उनले बताए ।

‘दुई साताभित्र अनेक कन्सेप्ट निकालेर पहिरन तयार पारेका हौं ।’
युवी थापा
डिजाइनर

साम्राज्ञी र युवीको सहकार्य दुई वर्षदेखि चलिरहेको छ । उनले कार्यक्रमको तालिका पठाएपछि युवी तयारीमा लाग्छन् । समारोहअनुसारका पहिरन चाहिए । त्यसमाथि अहिलेकी चर्चित अभिनेत्री परिन् । तर, यो कुराले आफूलाई खासै तनाव नदिने युवीको भनाइ छ । ‘उसलाई जे लगाए पनि सुहाउँछ’, उनले भने, ‘फेसन सेन्स पनि राम्रो भएकाले डिजाइनरका रूपमा ऊसँग काम गर्न सजिलो छ । बेबी पिंकमा बढी अट्रयाक्टिभ देखिन्छ ।’
आफ्नै नाम–थरको क्लोदिङ ब्रान्ड चलाइरहेका युवी अहिलेका व्यस्त डिजाइनरमध्ये एक हुन् । उनी सेलेब्रिटीहरूमाझ चर्चित छन् । अभिनेत्री प्रियंका कार्की र स्वस्तिमा खडका पनि उनका नियमित ‘ग्राहक’ हुन् । ‘मैले ड्ेरस डिजाइन गर्दिन बाँकी हिरोइन कोही पनि छैन होला’, युवी हाँस्छन् । 

 

प्रकाशित : मंसिर १५, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?