कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

‘बटरफ्लाई’ ट्रेलर

काठमाडौं — ओम प्रतीक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाई’ को शनिबार ट्रेलर सार्वजनिक गरिएको छ । आर्यन अधिकारी र प्रियंका कार्की अभिनीत उक्त फिल्मको ट्रेलरमा प्रेम, रोमान्स, सस्पेन्स र एक्सनको भरपुर प्रयोग गरिएको छ ।

‘बटरफ्लाई’ ट्रेलर

निर्देशक ओम प्रतीककै लेखन रहेको फिल्ममा अर्पण थापा, सुषमा कार्की, रवीन्द्र खड्का, सुरवीर पण्डित, मोहन निरौलालगायतको पनि अभिनय रहेको छ ।
पुस २८ लाई रिलिज मिति तय गरेको फिल्मलाई पुष्पाञ्जली अधिकारी, रामशरण राना र भूपेन्द्र सुवेदीले संयुक्त रूपमा निर्माण गरेका हुन् भने अर्जुन पोखरेल, विकास चौधरी र दीपक शर्माले संगीत भरेका छन् । फिल्ममा कुमार महर्जनको एक्सन कोरियोग्राफी रहेको छ भने सिनेमाटोग्राफी सुरेश बज्राचार्यको हो । ‘के म तिम्रो होइन र’ बाट नेपाली फिल्ममा एक्सन अवतारमा डेब्यु गरेका आर्यनको ‘बटरफ्लाई’ दोस्रो फिल्म हो । एक्सन लभस्टोरी जानराको उक्त फिल्मको ट्रेलरमा आर्यन लुक्स आकर्षक देखिन्छ ।

प्रकाशित : मंसिर १७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?