२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

ज्योति बनिन् ‘मिस क्विन लेखनाथ’

ब्युटी कन्टेस्ट

लेखनाथ — तेस्रो ‘मिस क्विन लेखनाथ’ को उपाधि ज्योति खत्रीले जितेकी छन् । यहाँ शनिबार भएको फाइनलमा उनले सात प्रतिस्पर्धीलाई पछि पारिन् । फस्ट रनरअप सब्रिना ओली र सेकेन्ड रनरअप दीपा आचार्य भए । ज्योतिले पुरस्कारबापत स्कुटर पाइन् । फस्ट र सेकेन्ड रनरअपले क्रमश: ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

 ज्योति बनिन् ‘मिस क्विन लेखनाथ’

तेस्रो ‘मिस क्विन लेखनाथ’ को उपाधि ज्योति खत्रीले जितेकी छन् । यहाँ शनिबार भएको फाइनलमा उनले सात प्रतिस्पर्धीलाई पछि पारिन् ।

फस्ट रनरअप सब्रिना ओली र सेकेन्ड रनरअप दीपा आचार्य भए । ज्योतिले पुरस्कारबापत स्कुटर पाइन् । फस्ट र सेकेन्ड रनरअपले क्रमश: ५० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

लेखनाथ क्षेत्रकै एक मात्र ब्युटी कन्टेस्टमा १६–२५ वर्षका युवतीले भाग लिन पाउने प्रावधान छ । देखावटी सुन्दरता मात्र नभएर व्यक्तित्वसहितको सुन्दरतामा निखारता ल्याउने उद्देश्यले प्रतियोगिता गरेको संयोजक सन्दीप पौडेलले बताए ।

लेखनाथ मिडिया हाउसको आयोजना, फोटोमण्डलको सहआयोजना र सेभेन मिडिया नेटवर्कको इभेन्ट व्यवस्थापनमा प्रतियोगिता भएको हो । प्रतियोगितामा पूर्वमिस पोखरा रजनी केसी, जंक्सन डटकमका प्रबन्ध निर्देशक भूपाल गुरुङ, कलाकार अम्बर सुवेदी, प्रा. जितेन्द्र थापा निर्णायक थिए ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?