अब प्याचअप

काठमाडौं — नरगिस फाखरी र उदय चोपडाको सम्बन्ध साउनेझरी जस्तो छ । प्याचअप र ब्रेकअपको कुनै टुंगो हुँदैन । कहिले मिलिरहेका हुन्छन् त कहिले बाझिरहेका । केही अघि मात्रै उदयले विवाह गर्न नमानेकाले दुईबीच मनमुटाव भएको खबर बाहिरिएको थियो । त्यही बेला अभिनेत्री नरगिस झोलाझ्याम्टा कसेर एकाएक अमेरिका फाल हानेकी थिइन् ।

अब प्याचअप

नरगिस फाखरी र उदय चोपडाको सम्बन्ध साउनेझरी जस्तो छ । प्याचअप र ब्रेकअपको कुनै टुंगो हुँदैन । कहिले मिलिरहेका हुन्छन् त कहिले बाझिरहेका ।

केही अघि मात्रै उदयले विवाह गर्न नमानेकाले दुईबीच मनमुटाव भएको खबर बाहिरिएको थियो । त्यही बेला अभिनेत्री नरगिस झोलाझ्याम्टा कसेर एकाएक अमेरिका फाल हानेकी थिइन् ।

अहिले फेरि उनीहरू एकजुट भएको बताइन्छ । दुवै एकअर्काको विशिष्ट साथ पाइरहेका छन् । यहाँसम्म कि, नरगिस उदय र उनकी आमासँग मुम्बईमै बस्न थालेकी छन् ।

उनीहरूको विवाहसम्बन्धी खबर पनि मिडियामा आउन थालेका छन् । यद्यपि, यो हल्ला हो वा यथार्थ भन्ने चाहिँ छुट्याउन सकिएको छैन । नरगिस र उदय आफूहरूको सम्बन्धका मामिलामा निकै गुपचुप रहने गरेकाले वास्तविकता पत्ता लगाउन गाह्रो परेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रकाशित : मंसिर १९, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?