३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

वसन्त सापकोटाको ‘जाली रुमाल’को म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं — संगीतकार वसन्त सापकोटाको संगीत, शब्द तथा स्वरमा रहेको नयाँ गीत ‘जाली रुमाल’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

वसन्त सापकोटाको ‘जाली रुमाल’को म्यूजिक भिडियो सार्वजनिक

रिकेश गुरुङ किजको संगीत संयोजनमा तयार भएको गीतको भिडियो पनि निकै गज्जबको बनेको छ । के एण्ड के प्रोडक्सनले निर्माण गरेको म्युजिक भिडियो सार्वजनिक गर्दै संगीतकार सापकोटाले दर्शकको माया पाउने बिश्वास ब्यक्त गरेका छन् ।

राजधानीको रमणिय स्थानहरुमा छायांकन गरिएको भिडियोमा मोडल निराजन प्रधान र नायिका मरिस्का म्यारी पोखरेलको अभिनय रहेको छ । उत्सव दहालको सिनेम्याटोग्राफीमा तयार भएको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । सुरेन बसेलको कोरियोग्राफी रहेको म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् ।

प्रकाशित : मंसिर २८, २०७४ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?