कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

कलाकारको रोजाइ अस्ट्रेलिया

नारायण खड्का

अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली कलाकारहरूको गन्तव्य बन्दै गएको अस्ट्रेलियामा साताजसो नेपाली कार्यक्रम तथा फिल्महरू प्रदर्शन हुन थालेका छन् । शनिबार मात्र दुई सहरमा दुई कन्सर्ट भए ।

कलाकारको रोजाइ अस्ट्रेलिया

सिड्नीमा वी टिमले नेपालबाट गायक राज सिग्देललाई बोलाएर यहाँका कलाकारहरूसँगको जुगलबन्दीमा सांगीतिक कार्यक्रम गर्‍यो ।दक्षिण अस्ट्रेलियामा थ्री केजी इन्टरटेन्मेन्टको आयोजनामा नेपाल आइडलका विजेताहरूले प्रस्तुति दिए । नेपाल आइडलका उत्कृष्ट तीन गायकहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दासको प्रस्तुति मोहक थियो नै, सिग्देलको गायनले पनि सिड्नीका श्रोताहरूलाई लोभ्यायो ।

‘पछिल्लो समयमा अस्ट्रेलियामा युवा नेपालीको संख्या बढ्नुले समेत नेपाली गीतसंगीत र फिल्मले राम्रो बजार पाउन थालेको हो,’ अस्ट्रेलियाबाट फिल्म निर्माणमा लागिपरेका निर्देशक तथा वितरक दिनेश पोखरेल भन्छन् । उनी यसरी बाक्लै नेपाली कार्यक्रम हुनु नेपाली कलाकार र संगीतकर्मीहरूका लागि खुसीको कुरा भएको बताइरहँदा गुणस्तरमा भने ध्यान दिन जरुरी भएको पनि थप्छन् । कार्यक्रमसँगै घुम्न पनि पाइने भएकाले समेत कलाकारहरूका लागि अस्ट्रेलिया गतिलो गन्तव्यमा परेको बताइन्छ ।

पछिल्लो एक महिनामा मात्र करिब आधा दर्जन नेपाली सांगीतिक कार्यक्रम र फिल्महरू प्रदर्शन भएका छन् । गतसाता मात्र पहिलोपटक परम्परागत नेपाली बाजाहरू ल्याएर गायक वसन्त थापा, डोमा शेर्पा लगायतका कलाकारसहित पञ्चेबाजा धमाका साँझको आयोजना गरिएको थियो । ‘अस्ट्रेलिया वास्तवमै नेपाली कलाकारहरूका लागि राम्रो अवसरका रूपमा विकास भइरहेको छ ।’ भर्खरै नेपाल आइडललाई अस्ट्रेलिया भित्र्याएको संस्था नेपाली टचका दीपेश पुन भन्छन् ।

अस्ट्रेलिया नेपाली सांगीतिक कलाकारहरूको लागि मात्र नभएर फिल्मका लागि समेत प्रमुख बजार बन्दै गइरहेको छ । वितरकहरूका अनुसार नेपाली फिल्मले न्यूनतम ५ लाखदेखि बढीमा २० लाख रुपैयाँसम्म अस्ट्रेलियाबाट हात पार्न सफल बनेका छन् ।

प्रकाशित : पुस ११, २०७४ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?