कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इन्दिरा गोले एकल सांगीतिक साँझ हुँदै

काठमाडौँ — आगामी फागुन २६ गते लोकगायिका इन्दिरा गोले एकल सांगीतिक साँझ हुने भएको छ । 

इन्दिरा गोले एकल सांगीतिक साँझ हुँदै

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलन गरी हिमालयन इन्टरटेन्टमेन्ट ग्रुपले इन्दिरा गोलेको सम्मानार्थ एकल साँझ गर्न लागेको जानकारी दिएको हो । ग्रुपका अध्यक्ष सुवास पाख्रिन लामाका अनुसार सांगीतिक साँझमा गोलेले गाइसकेकी गीतहरुमध्ये चर्चित डेढ दर्जनभन्दा बढी गीतको प्रस्तुति हुनेछन् ।


२०४५ सालदेखि विविध भाषा र भाकामा गीत गाउँदै आएकी गोलेले हजारौं गीत गाइसकेकी छन् । उनको स्वरमा सजिएका गीतहरु चाँगुनारायण थान..., जाइफूलको बासना..., घर त छाउनीमा....., सफा ट्याम्पुरीलगायत गीतहरु सदबहार चर्चित छन् ।

प्रकाशित : पुस ११, २०७४ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?