कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

हिसिला बनिन् ‘फ्रेस फेस’

काठमाडौँ — ‘लिरिल फ्रेस फेस’ चौथो संस्करणको उपाधि हिसिला महर्जनले जितेकी छन् । दर्शकका लागि रोमाञ्चक र सहभागीहरूका लागि चुनौतीपूर्ण भएको चौथो संस्करण मंगलबार राति समापन भएको छ । सात सयभन्दा बढी इन्ट्रीबाट छानिएर हरेक टास्क र एपिसोडमा उत्कृष्ट प्रदर्शन गर्दै टप थ्रीमध्ये सर्वोत्कृष्ट भएर हिसिलाले उपाधिका साथ १ लाख रुपैयाँ र स्कुटर जितेकी छन् ।

हिसिला बनिन् ‘फ्रेस फेस’

फेसन फोटोग्राफर किशोर कायस्थ, कलाकार/कोरियोग्राफर प्रशान्त ताम्राकार र पूर्व मिस नेपाल माल्भिका सुब्बाजस्ता निर्णायकहरूले विजेताको छनोट गरेका हुन् । सात सातामा सात एपिसोड प्रसारित यो सिजन मनोरञ्जन र रोमाञ्चले भरिपूर्ण थियो । अद्भुत र नयाँनयाँ टास्कहरूले भरिपूर्ण थियो यो सिजन ।

फिनालेमा गायक नितेशजंग कुँवरले गीतमार्फत मनोरञ्जन दिए । अभिनेता आयुष्मान देशराज जोशी विशेष निर्णायकका रूपमा उपस्थित रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : पुस १३, २०७४ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?