“हयाप्पी डेज” को ट्रेलर

काठमाडौँ — आउँदो माघ १२ गते रिलिज डेट तोकिएको नेपाली कथानक फिल्म ‘हयाप्पी डेज’ को राजधानीमा ट्रेलर सार्वजनिक गरिएको छ । मिलन चाम्सको निर्देशन रहेको फिल्ममा त्रिकोणात्मक प्रेम र धोकाधडीमा आधारित बताइएको छ । बेलायतमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई र प्रियंका कार्कीको जोडी र उनीहरूको सम्बन्धमा आउने उतारचढाव हेर्न सकिनेछ । 

“हयाप्पी डेज” को ट्रेलर

लन्डन सिने आई प्रोडक्सन र चाम्स इन्टेरटेन्मेन्टको संयुक्त ब्यानरबाट निर्मित फिल्ममा सञ्जय गुप्ता, बिक्की जोशी, जिनिहा लिम्बू, मोनिका, रूपा पुन, रितेश चाम्स, हुप थापालगायतको पनि अभिनय रहेको बताइएको छ भने बीपी खनाल, भवानी शर्मा, हिरल जोशी र निर्देशक चाम्स स्वयं निर्माताका रूपमा छन् । ताराप्रकाश लिम्बू र राजनराज शिवाकोटीको संगीत रहेको फिल्ममा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन् । ट्रेलर सार्वजनिक भएको दुई दिनमै प्रतिक्रिया राम्रो मिलेको फिल्मका वितरक गोविन्द शाहीले जनाए ।

प्रकाशित : पुस १३, २०७४ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?