राम्रा भनिएका १० बलिउड फिल्म

२०१७
एजेन्सी

काठमाडौँ — भारतीय चलचित्र उद्योग बलिउडमा वार्षिक सयौं फिल्म रिलिज हुन्छन् । तीमध्ये केही फिल्मले बक्सअफिसमा धमाकेदार प्रदर्शन गर्छन् । तर, बक्सअफिसमा राम्रो गर्ने फिल्म सधैं राम्रा हुन्छन् भन्ने छैन । २०१७ मा केही यस्ता फिल्म रिलिज भए जसको चर्चा भएन तर समीक्षकको नजरमा उत्कृष्ट ठहरिए । तीमध्ये केही फिल्म यहाँ चर्चा गरिएको छ ।

राम्रा भनिएका १० बलिउड फिल्म
राम्रा भनिएका १० बलिउड फिल्म
१) न्यूटन

यो वर्षको अन्त्यतिर सार्वजनिक भएको राजकुमार रावको मुख्य भूमिका रहेको चलचित्र न्यूटनले विद्रोही समूह नक्साल नियन्त्रित छत्तिकगढमा निर्वाचन गराउन गएका एक सरकारी अधिकारीको कथा बोल्छ । भर्खरै सरकारी सेवामा प्रवेश गरेको न्यूटन कुमार (राजकुमार राव) ले स्वच्छ निर्वाचन गराउन खोज्दा झेल्नुपर्ने जटिलता यो फिल्मको मुख्य कथा हो । ओस्कार अवार्डका लागि भारतबाट छनौट गरिएको फिल्म इरानी फिल्म सेक्रेट व्यालोटबाट प्रभावित छ ।

राम्रा भनिएका १० बलिउड फिल्म
२) लिपिस्टिक अण्डर माई बुर्खा

चार महिलाको कथा भन्ने फिल्म लिपिस्टिक अण्डर माई बुर्खाले चार महिलाको मनोविज्ञान बोल्छ । यसमा कोनकोना सेन, रत्ना पाठक, आहना कुम्रा र प्लबिता बोर्थाकुर मुख्य भूमिकामा छन् । फरक फरक परिवेशमा बाँचेका महिलाको मनोविज्ञानलाई फिल्ममा उतारिएको छ । अघिल्लो वर्ष नै विभिन्न फिल्म फेस्टिभलमा प्रदर्शित फिल्म यो वर्ष सबैको लागि रिलिज गरिएको हो ।

राम्रा भनिएका १० बलिउड फिल्म
३) अ डेथ ईन गञ्ज

अघिल्ला वर्ष केही फिल्म फेस्टिभलमा देखाएर यो वर्ष रिलिज गरिएको अ डेथ ईन गञ्जले पारिवारिक बिदामा गएको एउटा परिवारको सुखद् र दु:खद् कथा भन्छ । परिवारसँगै बिदा मनाउन एक पुरानो शहर पुगेका विद्यार्थी श्यामलको कथामा केन्द्रित छ फिल्म । जहाँ लजाजु श्यामलको वास्तविकताबारे परिवारले थाहा पाउँछ ।

राम्रा भनिएका १० बलिउड फिल्म
४) शुभ मंगल सावधान

आयुष्मान खुराना र भूमी पाड्नेकर अभिनित चलचित्र शुभ मंगल सावधान कमेडी फिल्म हो जुन सेप्टेम्बरमा रिलिज भएको थियो । बिवाहको लागि तयार भएका एक जोडीको कथा भन्ने फिल्मले यौनसम्बन्धी समस्या भागेको पुरुषको फरक खाले बिषय बोकेको छ । फिल्मले समीक्षकबाट राम्रो प्रतिक्रिया पाउनुका साथै बक्स अफिसमा पनि राम्रो आन्दानी गरेको थियो ।

राम्रा भनिएका १० बलिउड फिल्म
५) बरेलीकी बर्फी

रोमान्टिक कमेडी बरेलीकी बर्फीले दुई युवक र एक युवतीको त्रिकोणीय प्रेमबारे बोल्छ । आफूलाई वास्तविक अवस्थामै स्वीकार्ने अड्डी कसेकी बिट्टी (क्रिति सनोन) लाई मन पर्ने एक लेखकको खोजीमा हुने आरोहअवरोह र त्यसपछिको द्वन्द्वमा फिल्म घुमेको छ । फिल्ममा विशेषत: राजकुमार राओको अभिनय प्रशंसनीय छ ।

राम्रा भनिएका १० बलिउड फिल्म
६) ट्र्याप्ड

राजकुमार राओ अभिनित ट्र्याप्ड अघिल्लो वर्ष नै विभिन्न फेस्टिभलमा प्रदर्शन भएर समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । यो फिल्मले आफ्नो प्रेमीसँग भाग्न तयारी गरेको बखत एउटा कोठामा बन्धक बनेका युवकको कथा भन्छ । फिल्मले बन्धक बनेका युवक (राजकुमार राओ) को संघर्ष र त्यसबाट मुक्त भएपछि उसले महशुस गरेको वास्तविकलाई समेटेको छ । यो वर्ष यही वर्ष सबैका लागि रिलिज भएको हो ।

राम्रा भनिएका १० बलिउड फिल्म
७) हिन्दी मिडियम

आधुनिक शिक्षामा देखिएको विकृतिमा आधारित रहेर तयार पारिएको हिन्दी मिडियम अहिलेका मध्यमवर्गीय अभिभावकको साझा मनोविज्ञान हो । इरफान खान र सबा कमारको जीवन्त अभिनयले फिल्मलाई उत्कृष्ट बनाएको छ नै यसको बिषयवस्तुले पनि यसको ओजन बढाएको छ । यो हरेक अभिभावकले हेर्नेपर्ने फिल्ममा पर्छ । समीक्षकको राम्रो प्रतिक्रियासहित यसले बक्स अफिसमा पनि राम्रो आम्दानी गर्‍यो ।

राम्रा भनिएका १० बलिउड फिल्म
८) सेक्रेट सुपरस्टार

कम बजेटमा बनाइएको आमिर खान अभिनित सेक्रेट सुपरस्टारकी स्टार जायरा वासिम हुन् । आमिर र किरण राओ निर्मित फिल्मले एक मुस्लिम युवतीको कथा भन्छ जो आफ्नो प्रतिभा प्रस्फुटनको लागि लुकेर गीत गाउँछिन् । पारिवारिक समस्याबाट गुज्रिएकी उनले कसरी आफ्नो लक्ष्य भेट्टाउँछिन् ? यही बिषय र प्रस्तुतिले फिल्म समीक्षकको प्रिय बनेको छ । सामान्य बिषयमा संवेशनशील फिल्म छ, यो ।

राम्रा भनिएका १० बलिउड फिल्म
९) अनारकली अफ आरा

अनारकली अफ आरा एक डान्सरले आफ्नो अस्तित्व रक्षाका लागि गरेको संघर्षको कथा हो । सत्य कथामा आधारित भनिएको फिल्ममा एक डान्सर (स्वारा भास्कर) आराको एक विश्वविद्यालयको रजत महोत्सवमा नाच्ने कथाबाट सुरु हुन्छ । उक्त विश्वविद्यालयका उपकुलपतिसँगको उक्त डान्सरको द्वन्द्वबाट कथा अघि बढ्छ । एक डान्सरले आफूभन्दा शक्तिशालीसँग कसरी टक्कर लिन सक्छिन् ? यही बिषयमा फिल्म केन्द्रित छ । यसको केही सामग्रीमा विवाद भएपनि समीक्षकबाट यसले राम्रो प्रतिक्रिया पाएको छ ।

राम्रा भनिएका १० बलिउड फिल्म
१०) ट्वाइलेट : एक प्रेम कथा

अक्षयकुमार र भूमि पाडनेकर अभिनित ट्वाइलेट : एक प्रेम कथाले भारतमा विकराल समस्याको रुपमा रहेको शौचालयको बिषयबारे बोल्छ । अक्षयकुमार र भूमि पाडनेकरले एक नवविवाहित दम्पतिको रुपमा शौचालय अभावमा के दु:ख झेल्छन् ? यही बिषयमा फिल्म बनेको छ । फिल्मले भारतीय समाजको एउटा अन्धविश्वासमाथि चोटिलो प्रहार गरेकाले यसलाई समीक्षकले सकारात्मक सन्देशसहितको उत्कृष्ट फिल्मको रुपमा प्रशंसा गरेका छन् ।

प्रकाशित : पुस १३, २०७४ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?