१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

शर्मिलाको ‘सालैजो’

कास्की — लोक तथा दोहोरी गायिका शर्मिला गुरुङ बुधबार कास्कीको पर्यटकीय गाउँ छोम्रोङमा भेटिइन् । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले गरेको ल्होसार मेलामा प्रस्तुति दिन उनी छोम्रोङ आइपुगेकी हुन् । गुरुङ समुदायको मुख्य पर्व ल्होसारमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन यतिखेर लोक तथा दोहोरी कलाकारलाई भ्याइनभ्याइ छ ।

शर्मिलाको ‘सालैजो’

एक साताअघि पोखरा आइपुगेकी गायिका गुरुङ पुस १७ सम्म व्यस्त हुनेछिन् । ‘ल्होसारमा हुने मेला महोत्सवमा पुग्न हामीलाई भ्याइनभ्याइ छ,’ उनले भनिन्, ‘आयोजकले माया मानेर बोलाएको ठाउँमा सकेसम्म पुग्ने गरेको छु ।’ उनी छोम्रोङ पनि एक दिन पैदलयात्रा गरेर पुगेकी हुन् । छोम्रोङमा उनले आºना आधा दर्जन नयाँ एवं पुराना गीत प्रस्तुत गरिन् । ‘राम्दी पुल..’, ‘राधा..’, ‘सालैजो..’ लगायत गीतबाट उनले छोम्रोङबासीलाई भरपुर मनोरञ्जन प्रदान गरिन् । गायक सुरेन्द्र गुरुङसँको दोहोरीबाट उनले दर्शकलाई नचाइन् । गायिका दूर्गा गुरुङ, गण्डकी तारा ओम गुरुङ, गायिका लक्ष्मी बानियाँ, गायक नरबहादुर राना, निश्चल थापा, हितु गुरुङले पनि आफ्ना लोक तथा दोहोरी गीत प्रस्तुत गरे ।

कास्कीको पर्यटकीय गाउँ छोम्रोङ यतिखेर ल्होसारले उत्सवमय बनेको छ । गुरुङ समुदायको मुख्य पर्व ल्होसार मनाउन पोखरा, काठमाडौंलगायत सहरबाट यहाँका स्थानीय गाउँ फर्केका छन् । अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको दोस्रो चरणअन्तर्गत गुरुङ गाउँ छोम्रोङमा ल्होसार मेला चलिरहेको छ । पुस १० गतेबाट मेला सुरु भएको हो । यस वर्ष च्यल्हो (चरा वर्ग) को बिदाइ र खिल्हो (कुकुर वर्ग) को स्वागतमा गुरुङ समुदायले ल्होसार मनाउँछन् । पुस १५ सम्म चल्ने मेलामा विविध सांस्कृतिक कार्यक्रम छन् । यसअघि असोज २५ मा अन्नपूर्ण आधार शिविरमा कार्यक्रम गरी अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव शुभारम्भ गरिएको थियो । महोत्सवको समापन भने जुन ३ अर्थात् अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) को अवसरमा घान्द्रुकमा हुने छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजना, अन्नपूर्ण गाउँपालिका र पर्यटन व्यवस्थापन उपसमिति छोम्रोङको व्यवस्थापनमा महोत्सव भएको हो । महोत्सवका संयोजक ललित गुरुङले सबै मौसममा अन्नपूर्ण पदयात्रा मार्ग उपयुक्त पर्यटकीय गन्तव्य भएको सन्देश दिन तीन चरणमा कार्यक्रम गरेको बताए ।

प्रकाशित : पुस १४, २०७४ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?