कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बेलायतमा ल्होछार उल्लास

नवीन पोखरेल

लन्डन — बेलायतस्थित तमु (गुरुङ) समुदायले शनिबार आफ्नो महान् पर्व ल्होछार हर्षोल्लासका साथ मनाएका छन् । तमुधिं यूके, तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके लगायतका संस्थाले बेग्ला–बेग्लै गरेका कार्यक्रममा बेलायतका गुरुङहरू सहभागी भए ।

बेलायतमा ल्होछार उल्लास

बेलायतको गुरुङ समुदायमा तमु संस्कृति अनुसार पुस १५ मा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर नयाँ वर्षको स्वागतसहित यो पर्व मनाउने प्रचलन छ । यसपटक उनीहरूले चरा वर्षको बिदाइ गरेर कुकुर वर्षको स्वागत गरेका हुन् ।


तमुधिं यूकेले रेडिङस्थित रिभरमेड लिजर कम्प्लेक्समा गरेको सत्रौं ल्होछार कार्यक्रम धर्मगुरुहरू गुप्ती लामा, धुंग्से नम्खा डोर्जे, खेम्पो छेवाङ घले र खेम्पो भगिन्द्र शिला लगायतको पूजासहित सुरु भएको थियो । त्यसपछि आयोजित सांस्कृतिक कार्यक्रममा नेपालबाट आएका कलाकारहरू नरजंग गुरुङ, मेलिना राई, बीमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ र मन्जु विकले प्रस्तुति दिए । शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने तमु युवालाई प्रशंसापत्र र यो वर्ष जीसीएसई र ए लेभलमा राम्रो अंक ल्याउने तमु विद्यार्थीलाई राजदूत डा. दुर्गाबहादुर सुवेदीले डा. हर्क गुरुङ अवार्ड हस्तान्तरण गरे ।


तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले आफ्नो संस्थाले नेपाल र बेलायतमा रहेका हरेक समुदायलाई सहयोग गर्दै आएको बताए । तमुधिं यूके उपाध्यक्ष नन्दजंग गुरुङले पनि एकताका साथ अघि बढ्नुपर्ने औंल्याए । राजदूत सुवेदी, विशेष अतिथि रेडिङ बरोका डेपुटी मेयर ग्लेन डेनिस लगायतले ‘फ्रेन्सीं’ नामक पत्रिकाको समेत लोकार्पण गरे ।

प्रकाशित : पुस १७, २०७४ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?