कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इस्तानबुलमा “लिलिबिली” प्याकअप

नवीन पोखरेल

लन्डन — लभस्टोरीमा आधारित नेपाली फिल्म ‘लिलिबिली’ को मुलुकबाहिर सुटिङ सकिएको छ । ५० दिन लामो युरोपको सुटिङ यात्रा हालै टर्कीको इस्तानबुलमा प्याक अप भएको फिल्मका निर्देशक मिलन चाम्सले जनाए ।

इस्तानबुलमा “लिलिबिली” प्याकअप

‘नेपालको सुटिङको भने अलिकति बाँकी छ,’ बेलायतमै स्थायी बसोबास गर्दै आएका निर्देशन मिलन चाम्सले भने, ‘युरोपको सुटिङ यात्रा निकै फलदायी र अविस्मरणीय रहयो ।’

९० प्रतिशत बेलायतमै सुटिङ गरिएको फिल्मको लन्डनबाट सुटिङ यात्रा सुरु भएको थियो । त्यसपछि स्कटल्यान्ड हुँदै टर्की पुगेर विदेशको सुटिङ यात्रा टुंगिएको हो । इस्तानबुलमा प्रदीप खडका र प्रियंका कार्कीको रोमान्टिक लभ सङ छायांकन गरिएको चाम्सले बताए । केहीअघि स्कटल्यान्डको एडिनबरा टाउन सेन्टरमा खडकासँगै अभिनेत्री जसिता गुरुङलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका थिए । जिरो डिग्री भन्दा कमको चिसोमा प्रदीप र जसिताले एकसरो लुगा मात्रै लाएर गरिएको उक्त छायांकन दर्शकलाई अर्को रोमाञ्चककारी हुने फिल्म युनिटको दाबी छ ।

प्रियंकासँगको इस्तानबुलको छायांकन पनि उत्तिकै रोमाञ्चकारी रहेको चाम्सले बताए । काफिया फिल्म्स, सुदीप खडका प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा फिल्म निर्माण भइरहेको फिल्ममा निर्देशक चाम्ससँगै गोविन्द शाही र सुदीप खडकाको लगानी रहेको छ । ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजार प्रवद्र्धन गर्न पनि हामीले लोकेसन बाहिरको रोजेका हौं,’ चाम्सले भने, ‘नेपाली फिल्ममा धेरै सम्भावना देखिरहेको छु ।’

आउँदो माघ १२ मा देशव्यापी रिलिज हुन लागेको चाम्सकै फिल्म ‘हयाप्पी डेज’ को पनि ९० प्रतिशत छायांकन बेलायतमै गरिएको थियो । ‘लिलिबिली’ ले भने नेपाली नयाँ वर्षलाई लक्षित गरी चैत ३० लाई रिलिज मिति तोकिसकेको छ । फिल्ममा प्रियंका, प्रदीप, जसितासँगै अनुपविक्रम शाहीलगायतको अभिनय रहेको छ ।

प्रकाशित : पुस २०, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?