‘शेरबहादुर’ माघ १९ मा
काठमाडौँ — सन्की स्वभावको मूल पात्रमा आधारित रही बनाइएको फिल्म ‘शेरबहादुर’ माघ १९ मा रिलिज मिति निश्चित गरी पोस्ट प्रोडक्सनमा धमाधम लागेको छ ।
अवकाश प्राप्त आर्मीको रूपमा रहेको शेरबहादुरको भूमिकामा सुनील थापा छन् । फिल्ममा उनको चरित्र सन्की र पहलमान देखाइएको छ ।
सुनीलका अलवा फिल्ममा कर्मा, रवीन्द्र झा, मेनुका प्रधानलगायत कलाकारको मुख्य भूमिका रहेको छ । एक्सन, रोमान्स, ड्रामाको समायोजन रहेको फिल्मलाई आर राजवंशीले निर्देशन गरेका हुन् । वरिष्ठ छायांकार गौरीशंकर धुजुले धिराज राजवंशीसँग मिलेर निर्माण गरेका हुन् ।
प्रकाशित : पुस २२, २०७४ ०८:२१