कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

“नारीप्रधान फिल्म बनून्”

काठमाडौँ — बलिउड नायिका सोनम कपुरलाई भारतमा बढीभन्दा बढी नारीप्रधान फिल्म बनून् भन्ने लाग्छ । उनले महिलाहरूका लागि नै भए पनि त्यस्ता फिल्म बन्नु आवश्यक रहेको बताएकी छन् ।

“नारीप्रधान फिल्म बनून्”

यति बेला ‘वीरे दी वेडिङ’ लिएर दर्शकमाझ आउने तरखरमा रहेकी उनले पुन: एकपटक महिलावादी बहसलाई अघि सारेकी हुन् । उनको फिल्म एउटा विवाहको वरिपरि घुमेको बताइएको छ, जसमा करिना कपुर पनि बेहुलीको भूमिकामा रहेकी छन् ।


‘‘वीरे दी वेडिङ’ बिलकुलै फरक खालको फिल्म हो,’ सोनमले ठोकुवा गरेकी छन्, ‘यहाँ यस्ता खालका फिल्म अझै धेरै बन्नु जरुरी छ । हलिउडमा पनि महिला र चरित्रप्रधान फिल्म

खुब धेरै बन्छन् र ब्लकबस्टर्स पनि भएका छन् । रमाइला पनि छन् । तर हामीकहाँ त्यस्ता फिल्म नै छैनन् ।’


नारीप्रधान फिल्मका मामिलामा भारतीय फिल्म अझै पनि दुई दशक पछि नै रहेको उनको ठम्याइ छ । ८० र ९० को दशकमा हलिउडमा जुलिया रोबट्र्सको अत्यधिक प्रभाव रहँदा भारतमा भने आफ्नै बुबा अनिल कपुर र अरू पुरुष कलाकार नै हाबी रहेको उनले टिप्पणी गरिन् । ‘९० को दशकमा चाहिँ खानहरू आए ।


धन्न, हाम्रो पुस्ताले चाहिँ त्यो अवसर थोरै भए पनि पाएको छ । तर के गर्नु ? अझ पनि हामी २० वर्ष पछि नै छौं,’ उनले भनिन् ।


पछिल्लो समय ‘नीरजा’ जस्तो सशक्त नारीप्रधान फिल्म खेलेर प्रशंसा कमाएकी ३२ वर्षीया अभिनेत्रीले आफ्नो नयाँ फिल्म पनि चार महिलाको कथामा आधारित भएको बताएकी छन् ।

प्रकाशित : पुस २४, २०७४ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?