३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

डकुमेन्ट्रीमा गोरु जुधाउने मेला

काठमाडौँ — नुवाकोटको तारुकामा सय वर्षदेखि माघे संक्रान्तिका दिन हुँदै आएको गोरु जुधाउने मेलाबारे डकुमेन्ट्री बनेको छ । सामुदायिक सेवा केन्द्र नुवाकोटद्वारा निर्मित ‘गोरु जुधाइ मेला’ डकुमेन्ट्रीको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले गरेका हुन् ।

डकुमेन्ट्रीमा गोरु जुधाउने मेला

अशोककुमार बस्नेत डीओपी रहेको डकुमेन्ट्रीलाई गणेश हुमागाईं र कञ्चन पोखरेल खिचेका हुन् । लुमुम्बूको लेखन रहेको ३० मिनेटको यो डकुमेन्ट्रीमा गोरु जुधाइ जात्राको सुरुवात, ऐतिहासिक पक्ष, गोरु जुधाउने विधि र प्रक्रिया समेटिएका छन् । ‘एउटा रोचक परम्परालाई दृश्यांकन गरी दस्तावेजको रूपमा सुरक्षित गर्न खोजेका हौं,’ लुमुम्बुले भने ।


स्पेनको बुलफाइटको झझल्को दिने गोरु जुधाइ जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा रहेको अर्का निर्देशक श्रेष्ठले दाबी गरे । मेलाको संरक्षण र जगेर्नामा टेवा पुर्‍याई पर्यटन प्रवद्र्धनका लागि पनि सहयोग पुर्‍याउने उद्देश्यले डकुमेन्ट्री बनाएको उनले बताए ।

प्रकाशित : पुस २६, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?