कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डा. केसीको समर्थनमा नाटक

धरान — अदालतको मानहानीको आरोपमा गिरफ्तार गरिएका नागरिक अभियानकर्मी डा. गोविन्द केसीका पक्षमा देशव्यापी समर्थन जुटिरहेको बेला मंगलबार धरानमा पनि उनको अभियानबारे नाटकको दृश्यमार्फत प्रस्टयाइएको छ ।

डा. केसीको समर्थनमा नाटक

आरम्भ नाटय डबलीको २९ औं स्थापना दिवस अवसरमा प्रदर्शन गरिएको ‘पान चिते’ नाटकमा मुलुकमा बढदो विकृति, विसंगति, भ्रष्टाचार, प्राकृतिक प्रकोपबाट पीडित नागरिकले राहत नपाइरहेको अवस्थामा डा. केसीले आमरण अनशनको माध्यमबाट सुरु गरेको नागरिक आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने सन्देश दिएको छ ।

पछिल्लो पटक सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा/बर्खास्तगी माग्दै अनशन सुरु गरेका केसी उनलाई अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको थियो । उनी हिरासतमा समेत अनशनमा बसेका छन् । उनको गिरफतारीको मुलुकभर विरोध र उनको नागरिक आन्दोलनको समर्थनमा प्रदर्शन भइरहेका बेला आरम्भ नाटय डबलीले रंगमञ्चमार्फत केसीलाई साथ दिएको हो । उक्त नाटकको लेखन र निर्देशन आरम्भका अध्यक्ष गोपाल देवानले गरेका हुन् ।

प्रकाशित : पुस २७, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?