१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

मल्लिकाले तिर्न सकिनन् कोठाभाडा

काठमाडौँ — बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स गएको लामै समय बितिसक्यो । उनी त्यहाँ ब्वाइफ्रेन्डसँग बस्ने गरेकी छन् । फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएपछि उनीबारे अनेक तथ्य बाहिर आइरहेका छन् । अभिनेत्रीले घरको भाडा नतिरेपछि यस्तो फैसला सुनाइएको एएफपीले जनाएको छ ।

मल्लिकाले तिर्न सकिनन् कोठाभाडा

एजेन्सीका अनुसार डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टको भाडा (७८ हजार ७ सय ८७ युरो) तिर्न भनिएको थियो । भाडा नतिरेपछि अदालतले फर्निचर जफत गर्ने आदेश दियो । मल्लिका र सिरिल पेरिसको एरोनडिसेमेन्ट्समा बस्दै आएका छन् । यो त्यहाँको सबैभन्दा महँगो र भीभीआईपी सहर हो, जहाँ हलिउडका थुप्रै मेगा बजेट फिल्मको छायांकन हुने गरेको छ ।

उनीहरू बसेको फ्ल्याटको भाडा प्रतिमहिना ६ हजार ५४ युरो (७ लाख ३६ हजार ६ सय ४० रुपैयाँ) छ । उनीहरूले अहिलेसम्म एक चोटि मात्रै २ हजार ७ सय १५ युरो तिरेका छन् । मल्लिकाको वित्तीय स्थिति कमजोर भएको र भरपर्दो जागिर पनि नपाएकाले भाडा तिर्न नसकेको उनका वकिलले बताएका छन् । तर, घरमालिकका अनुसार यो बयान झूटो हो । मल्लिकाले फ्ल्याट भाडामा लिएयता १० मिलियन युरो कमाइसकेको उनी बताउँछन् ।

केही समयअघि मात्रै मल्लिकाले आफू पेरिसको अपार्टमेन्टमा बस्ने गरेको खबर झूटो भएको बताएकी थिइन् । कसैले आफूलाई डेरा दान दिएको भए त्यसको ठेगाना बताइदिन आग्रह गर्दै उनले व्यंग्यात्मक टीट गरेकी थिइन् । अहिले अपार्टमेन्टको भाडा नतिरेपछि उनको पोल खुलेको छ ।

प्रकाशित : पुस २७, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?