फिक्सन सेरिजमा थ्री आइरन

काठमाडौँ — फरक शैलीका फिल्म बनाएर विश्वप्रसिद्ध बनेका दक्षिण कोरियाली निर्देशक किम किदुकको ‘थ्री आइरन’ ले प्राय: सकारात्मक प्रतिक्रिया पाउने गरेको छ । यो यस्तो फिल्म हो जसमा संवाद न्यून छ । 

फिक्सन सेरिजमा थ्री आइरन

फिल्मका पात्रबीचको ‘साइलेन्स रिलेसनसिप’ लाई निर्देशकले दार्शनिक पाराले प्रस्तुत गरेका छन् ।


फिल्म समीक्षक समाज नेपाल (फिक्सन) ले यही फिल्म देखाएर आफ्नो शृंखला ‘फिक्सन फिल्म सेरिज’ पुन: सुचारु गरेको छ । बीचमा रोकिएको शृंखला यस पालिदेखि हरेक बिहीबार थापाथलीस्थित मार्टिन चौतारीमा चल्ने फिक्सनका महासचिव सामीप्यराज तिमिल्सिनाले बताए । ‘अबको केही समय निर्देशक विशेष फिल्म देखाउनेछौं,’ उनले भने, ‘कुनै एक पात्र समातेर त्यसको डिटेलिङमा जाने किमको शैली बुझिराखौं भनेर सुरुमै उनलाई छानियो ।’


मुख्य दुई पात्रबीचको मौन संवादका कारण ‘थ्री आइरन’ चर्चित छ । यसले माया भन्ने चिजलाई ‘आध्यात्मिक र कस्मिक पारामा अथ्र्याएको’ फिल्म निर्देशक सचिन घिमिरेले बताए । फिल्म प्रदर्शनपछिको अन्तरक्रियामा सचिनले फिल्मको कन्टेन्ट, सिम्बोल, क्राफ्ट लगायत विविध पक्ष सशक्त रहेको प्रतिक्रिया दिए । ‘मेडिटेटिभ साइलेन्सबाट रोमान्टिक लभ सिर्जना गरिएको छ’, उनले भने, ‘पात्रहरू मौन भए पनि अचल छैनन् । डिटेलिङमा खुब ध्यान दिइएको छ ।’ फिल्म समीक्षक तिमिल्सिनाले चाहिँ ‘थ्री आइरन’ दक्षिण कोरियाली फिल्मको स्थापित शैलीभन्दा विल्कुल फरक रहेको बताए । आउँदो बिहीबार किमकै ‘पाइटा’ फिल्म देखाइनेछ । उनका चर्चित फिल्म हेरिसकेपछि मीनबहादुर भामसँग छलफल गरिनेछ । किमसँग चिनजान जोडेका मीनले आफ्ना अनुभवहरू बाँड्नेछन् ।

प्रकाशित : पुस २८, २०७४ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?