कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पूर्वमा “सर्जमिन”

यसअघि बंगलादेशका पाँच सहरमा मञ्चित नाटकमा राणा र पञ्चायतकालमा हुने न्यायिक विसंगतिलाई अहिलेको सन्दर्भसँग जोडेर देखाइएको छ ।
पर्वत पोर्तेल

धुलाबारी (झापा) — पुष्कर शमशेरको कालजयी कथा ‘परिबन्द’ लाई रंगकर्मी प्रवीण खतिवडाले नाटय रूपान्तरण गरे । उनैले निर्देशन गरेको नाटकले प्रशंसा पायो । त्यही नाटक ‘सर्जमिन’ अहिले पूर्वका विभिन्न सहरमा मञ्चन भइरहेको छ । मण्डला थिएटर नेपालका कलाकारहरूद्वारा अभिनीत नाटक आइतबार र सोमबार परिवर्तन थिएटरको आयोजनामा झापाको धुलाबारीमा प्रदर्शन गरियो । 

पूर्वमा “सर्जमिन”

कथा पुरानै भए पनि दर्शकले मन पराए । नाटक हेरिसकेपछि गोपाल बस्नेत भन्दै थिए, ‘कथा पुुरानै भए पनि यस्तो नियति अहिले पनि कतिपय नेपालीले बेहोरिरहेकै छन् ।’

नाटकको टुंग्याउनीमा धेरै दर्शक भावुक बनेका देखिन्थे । खासमा बिनाअपराध प्रहरीको फन्दामा पर्नुपर्ने मुख्य पात्रको विवशताले दर्शकहरूलाई भित्रैसम्म छुन्छ । परिबन्दमा परेपछि कसरी निर्दोष मान्छे अन्यायमा पर्छ भन्ने कुरा नाटकको मूल विषय हो ।

कथाले राणाकाल र पञ्चायतकालमा हुने न्यायको विसंगति देखाउन खोजे पनि त्यो अहिले उत्तिकै सान्दर्भिक लाग्छ । ‘सर्जमिन’ ले यस्तै परिबन्दको सिकार बन्न बाध्य भएको एउटा निमुखाको पीडादायी कथा बोल्छ । नाटकमा गाउँले परिवेशलाई विश्वसनीय ढंगले प्रस्तुत गरिएको छ ।

‘गरिब र सोझा जनताका पीडा उस्तै रहेको प्रमाण हो यो नाटक,’ नाटकका कलाकार सोमनाथ खनालले भने, ‘कथा पुरानो भए पनि हाम्रो समाजमा यस्तो नियति बेहोर्ने एउटा जमात अझै छ ।’

यसअघि बंगलादेशका पाँच सहरमा मञ्चित ‘सर्जमिन’ मा विकास जोशी, रोहित पौडेल, विनीता गुरुङ, विजय बराल, संयोग गुरागाईं, उमेश तामाङ, रञ्जना वली, सिजन दाहालले अभिनय गरेका छन् ।

प्रकाशित : माघ २, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?