१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लिलिबिलीको रोमान्टिक गीत

काठमाडौँ — फिल्म ‘लिलिबिली’ को रोमान्टिक गीतको भिडियो आएको छ । स्कटल्यान्डमा छायांकन गरिएको गीत ‘इज इट लभ...’ को भिडियो सोमबार राजधानीमा सार्वजनिक गरिएको हो ।

लिलिबिलीको रोमान्टिक गीत

प्रदीप खड्का र जसिता गुरुङ अभिनीत गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । गीतमा प्रदीप र जसिताले स्कटल्यान्डको चिसोमा बिताएका रोमान्टिक क्षणहरू समेटिएको छ ।

एलिश कार्कीको संगीत रहेको गीतमा प्रताप दास र मेलिना राईको स्वर छ । शब्द भने राजेश श्रेष्ठले लेखका छन् । मिलन चाम्सले निर्देशन गरेको फिल्ममा प्रदीप, जसितासँगै प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्सको अभिनय रहेको छ । काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको फिल्ममा गोविन्द शाही र सुदीप खड्का निर्माताको रूपमा रहेका छन् । सुदीप बराल फिल्मको सिनेम्याटोग्राफर पनि हुन् ।

प्रकाशित : माघ २, २०७४ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?