कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

माघको जाडोमा पनि ज्योतीले तताईन् दर्शकलाई 

घनश्याम खड्का

म्याग्दी — माघ महिना पहिलो दिन अर्थात माघेसंक्रान्ति । जाडोको चरम उत्कर्षको बेला । तर, सेतै कपाल फुलेका आधाबैशेहरु पनि हौसिएका छन् । जोसिएर हुलबाट हात ठड्याइरहेका छन् ।

माघको जाडोमा पनि ज्योतीले तताईन् दर्शकलाई 

यसरी सबैलाई जोस्याउने हुन्, अहिले हट गायिकाको उपमा पाएकी ज्योती मगर ।

घाम अस्ताएर आकाशमा जुनतारा उदाएपछि म्याग्दी र काली नदी बगरको स्टेज चढेकी ज्यातिले नदी किनाराको चिसो सिरेटोमा पनि दर्शकलाई तताउने र मत्ताउने पुरानै शैली पछ्याईन् । मनोरन्जनकी रानी ज्यातिले उत्तेजक हाउभाउ र शैलीमा गीत गाउँन थालेपछि वैंशालु दर्शकहरुलाई नदी किनारको सिरोटोसंगै चल्ने चिसो हावाले छुनै सकेन ।


‘पहिरन र हाउभाउमा ब्यक्तिको निजत्व होला तर सार्वजनिक स्थलमा बोलिने भाषा सिष्ट र मर्यादित हुनु पर्छ । गायिका ज्यातीले बोलेका शब्द र भाषा सार्वजनिक स्थलमा पारिवारिक वातावरणमा सुन्न योग्य छैनन’ जिल्ला प्रहरी प्रमुख डिएसपी बसुन्धरा खड्काले भनिन्, ‘महोत्सव अवश्य मनोरन्जनको एउटा थालो हो, रंगीन बजारको स्तरमा झर्नु हुँदैन ।’


शुक्रवारदेखि सुरु भएको छैठौं म्याग्दी महोत्सव तथा माघे सक्रान्ति मेलामा दर्शकलाई सांगीतिक मनोरञ्जनका लागि आयोजकले ६५ हजार पारिश्रमिक दिएर ज्योतिलाई निम्त्याएकी हुन् । जिम्मलबाउकी छोरी, अँध्यारोमा लाको मायाँ, उही मुलाको सिन्की, उही मुलाको चाना, ढाडे बिरालु लगायत गीत उनले गाईन् ।


‘महोत्सवमा दर्शकको रुची र ब्यवसायिक पक्षलाई ख्याल गरेर महंगो पारिश्रमिक दिएर कलाकारलाई बोलाएका छौं । दर्शकको रुची फरक हुनु स्वभाविक हो’ महोत्सवका सांस्कृतिक संयोजक बेलबहादुर कटुवालले भने, ‘दर्शकको रुची फरक–फरक हुनु स्वभाविक हो । मन र बोलीमा दुविधा जरुरी छैन ।’


प्रकाशित : माघ २, २०७४ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?