कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जैमिनी मेलामा प्रमोद

प्रकाश बराल

बागलुङ — गायक प्रमोद खरेल माघे संक्रान्तिमा यो पश्चिमी भे।गमा थिए । पहिलोपल्ट कन्सर्टका सिलसिलामा बागलुङको जैमिनीमा आएका गायकले फ्यानहरूलाई भरपूर मनोरञ्जन दिए । 

जैमिनी मेलामा प्रमोद

माघे संक्रान्ति अवसर पारेर जैमिनी नगरपालिकाको कुश्मीसेरामा झुल्केका प्रमोदको गायकीबाट सबै उमेर समूहका दर्शकश्रोताले रमाइलो लिए । उनलाई सुन्न दमेक, पैयुँथन्थाप, सर्कुवा, बिनामारे, राङखानीबाट समेत दर्शकश्रोता आएका थिए । ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा...’ गाउँदा दर्शकले उत्तिकै साथ दिए । उनको हरेक गीतमा दर्शकदीर्घाबाट ‘वान्स मोर’ सुनिइरह्यो । जुन गीत गाउन खोज्छन्, त्यही दोहोर्‍याउनुपर्ने बाध्यता भएपछि प्रमोदले गृहजिल्ला झापामा झैँ आत्मीयता पाएको बताए ।

प्रमोदले ‘मलाई जसले पनि किन रुवाउँछ’, ‘उस्ले जस्तै माया तिम्लाई मैले पनि दिन्थें होला’, ‘लागि लागि,’ ‘फुलबुट्टे चोलीको तुना चलायौ तिमिले’, ‘झुम्कावाली’ जस्ता कैयौं गीत सुनाए । नयाँ गीत ‘बम्पर उपहार’ समेत गाए ।

‘प्रमोदलाई युटयुब र रेडियोमा सुनेको थिएँ, पहिलो पटक प्रत्यक्ष गाएको देखियो,’ स्थानीय नवीन प्रताप जिसीले भने, ‘उनको अगमनले पाँचदिने मेलाको रौनकै अर्को भर्‍यो ।’ माघे संक्रान्तिमा ५० वर्षदेखि लाग्दै आएको जैमिनी मेलामा प्रमोदका गीतले यति धेरै दर्शकलाई एकैपटक मैदानमा ल्याएको जीसीले बताए ।

स्वस्फूर्त लाग्ने मेलालाई स्थानीय सहारा क्लबले आयोजना गर्न थालेको अध्यक्ष सुरेश सुनारले बताए । मेलामा बद्री पंगेनी, प्रजापति पराजुली, प्रीति आलेजस्ता कलाकारले पनि मनोरञ्जन दिएका थिए ।

प्रकाशित : माघ ३, २०७४ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?