कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गायक आनन्द कार्की र गीतकार रोशन भट्टराई सम्मानित

काठमाडौँ — गायक आनन्द कार्की र गीतकार रोशन भट्टराईलाई पोखरा उद्योग वाणिज्य संघले सम्मान गरेको छ । पोखरामा जारी राष्ट्रिय औद्योगिक व्यापार मेलामा संघले सोमबार सम्मान प्रदान गरेको हो ।

गायक आनन्द कार्की र गीतकार रोशन भट्टराई सम्मानित


मेलामा कार्कीले सांगीतिक मनोरञ्जन पनि दिएका थिए । ‘यी हल्लाहरू हुन्,’ ‘वनमा फुल्यो फूल,’ ‘लाग्छ मलाई हेरिरहूँ,’ ‘फूल जस्तै कोमल तिमी’ जस्ता गीत सुनाएका थिए । यस्तै, गायिकाहरू शशि रावल र सहिमा श्रेष्ठले पनि प्रस्तुति दिएका थिए ।


गायक भाष्कर श्रेष्ठले ‘नेपालका छोराछोरी,’ ‘झ्याम्म झ्याम्म,’ ‘इलाम हुँदै’ जस्ता गीत गाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : माघ ३, २०७४ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?