भिडे ‘पिँजडा ब्याक अगेन’ र ‘लालपुर्जा’

काठमाडौँ — मोफसलमा बिहीबार नै रिलिज भएका दुई नेपाली फिल्म ‘पिँजडा ब्याक अगेन’ र ‘लालपुर्जा’ शुक्रबारदेखि राजधानीमा पनि प्रदर्शन भएका छन् ।

अघिल्लो साता रिलिज फिल्म ‘मिस्टर झोले’ ले अधिकांश हल र सोज नछोडिरहेका बेला दुई फिल्म थपिएका हुन् । सुरुवाती सोजमा मल्टिप्लेक्समा ‘लालपुर्जा’ र सिंगल स्क्रिन हलमा ‘पिँजडा ब्याक अगेन’ हाबी हुने संकेत देखिएको छ ।


हिमाल केसीको निर्देशन रहेको ‘पिँजडा ब्याक अगेन’ मा निखिल उप्रेती र सारा शिरपालीको मुख्य अभिनय रहेको छ । निगम श्रेष्ठको निर्देशन रहेको ‘लालपुर्जा’ मा भने सौगात मल्ल, विपीन कार्की, कामेश्वर चौरासिया, मिरुना मगर, मेनुका प्रधानलगायतको अभिनय रहेको छ । ‘पिँजडा ब्याक अगेन’ ले बुधबार र ‘लालपुर्जा’ ले बिहीबार राजधानीको क्युज सिनेमामा प्रिमियर गरेका छन् । प्रिमियरबाट भने दुवै फिल्मले मिश्रित प्रतिक्रिया बटुलेका छन् । ‘लालपुर्जा’ लाई सुजित बिडारीले लेखका हुन् भने नरेन्द्र मैनालीको छायांकन रहेको छ । फिल्मले मितेरी गाउँका दुई दाजुभाइबीचको जग्गा अंशबन्डा झगडा र त्यसबाट अन्यले फाइदा लिने प्रपञ्चबीच कथा भन्न खोजेको छ । कुमार नगरकोटी फिल्ममा अतिथि कलाकार र स्क्रिप्ट सुपरभाइजरका रूपमा रहेका छन् । विक्रमसिंह थारू र उमेश श्रेष्ठको निर्माण रहेको ‘लालपुर्जा’ लाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् ।


मौनता श्रेष्ठको पटकथा रहेको ‘पिँजडा ब्याक अगेन’ मा श्रीराम बरालको प्रस्तुति र बनिश शाह र मिलन श्रेष्ठको छायांकन तथा सौरभ लामाको छायांकन रहेको छ ।

प्रकाशित : माघ ५, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?