कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलिउड अभिनेता सोहेल खान काठमाडौंमा

सुरज कुँवर

काठमाडौँ — बलिउड नायक सलमान खानका भाइ एवं फिल्म निर्देशक, निर्माता तथा अभिनेता सोहेल खान काठमाडौं आइपुगेका छन् । आगामी फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टको पक्का गर्न उनी नेपाल आएका हुन् । 

बलिउड अभिनेता सोहेल खान काठमाडौंमा

अहिले उनी सोल्टी होटलमा छन् । उनले कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षा लगायतका विषयबारे बुझ्ने छन् । होटलमा शुक्रबार बेलुका ४ बजे पत्रकार सम्मेलन हुँदैछ ।


यही कन्सर्टमा बलिउडका चर्चित नायक सलमान खान काठमाडौं आउँदै छन् । ७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने ओडीसी इन्टरटेनमेन्टले सलमानलाई ल्याउन लागेको हो ।


आयोजकका अनुसार सलमानसहित प्रभु देवा, ज्याकलिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श लगायत आउने भएका छन् ।


कन्सर्टमा २५ हजारजति दर्शकश्रोता सहभागी हुने उनको अनुमान छ ।

प्रकाशित : माघ ५, २०७४ १५:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?