कला चोरीको आरोप

काठमाडौँ — अमेरिकी गायिका केटी पेरी र के–पप ब्वाई ग्रुप ‘एसएफ नाइन’ लाई चोरीको आरोप लागेको छ । उनीहरूले आफ्नो एल्बम कभरमा बेलायती भिजिओल आर्टिस्ट डोम सेबास्टियनको कला चोरेको बताइन्छ । डोमले नै केही दिनदेखि यस्तो दाबी गर्दै आएका छन् । 

कला चोरीको आरोप

उनले सामाजिक सञ्जालमा तस्बिर राखेरै चोरीको प्रमाण दिन खोजेका छन् । उनले बनाएको चित्रकै ब्याकग्राउन्ड केटीको ‘चेन्ड टु द रिदम...’ बोलको गीतको कभरमा देख्न सकिन्छ । एसएफ नाइनको ‘ब्रेकिङ सेन्सन’ नामक एल्बमको कभरमा पनि उस्तै डिजाइन छ । दुवैले त्यो डिजाइनलाई पृष्ठभूमि बनाएका रहेछन् । यस्तो भएपछि डोमले इन्स्टाग्राममा लेखेका छन्, ‘मलाई नसोधिकनै मेरो कला प्रयोग गरिएको छ, उनीहरूले चोरेकै हो ।’


आफ्नो कृतिबाट अरूले आम्दानी गरिरहेको भन्दै उनले आश्चर्य जनाएका छन् । ‘म छक्क परेको छु,’ उनले बेलायतको डेली मेल पत्रिकासँग भनेका छन्, ‘उनीहरूले वेबसाइटबाट मेरो डिजिटल आर्ट डाउनलोड गरेका हुन् । त्यसरी मनलाग्दी गर्न पाइन्छ ? अनुमति लिनुपर्दैन ?’ यसबारे केटी र एसएफ नाइनले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

प्रकाशित : माघ ८, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?