कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘शेरबहादुर’ को फस्टलुक

काठमाडौँ — अवकाशप्राप्त एक सैनिकको कथामा निर्माण भएको ‘शेरबहादुर’ को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

निडर, सन्की र बलियो पात्रका रूपमा चित्रित गर्न खोजिएको शेरबहादुर नै फिल्मको मुख्य पात्र हो । पोस्टरमा समेत शेरबहादुरको भूमिका निर्वाह गरिरहेका अभिनेता सुनील थापा अग्रपंक्तिमा अटाएका छन् । आफ्नो लक्ष्य प्राप्तिका लागि शेरबहादुरले बुनेका योजनामा अन्य पात्र रुमल्लिने कथामा निर्देशक आर राजवंशीले फिल्म तयार पारेका हुन् ।


फिल्ममा सुनीलसहित कर्मा, रवीन्द्र झा, मेनुका प्रधानको मुख्य भूमिका छ । एक्सन, रोमान्स, ड्रामाको संयोजन रहेको भनिएको उक्त फिल्म माघ १९ देखि देशैभर प्रदर्शन हुँदै छ ।


वरिष्ठ छायांकार गौरीशंकर धुजू र धिराज राजवंशीले निर्माण गरेको फिल्ममा कोसिस क्षत्रीको संगीत, वसन्त श्रेष्ठको नृत्य, दीर्घ गुरुङ र नारायण जीसीको छायांकन तथा निमेश श्रेष्ठको सम्पादन रहेको छ । यो फिल्म प्रमोद क्षत्रीले लेखेका हुन् ।

प्रकाशित : माघ ८, २०७४ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?