चम्किए राजकुमार

काठमाडौँ — भारतको मुम्बईमा आयोजित ६३ औं फिल्मफेयर अवाड्र्समा ‘हिन्दी मिडियम’ सर्वोत्कृष्ट फिल्म बन्दा ‘न्युटन’ ले क्रिटिक्स अवार्डको उत्कृष्ट फिल्मको उपाधि चुमेको छ । इरफान खान र विद्या बालनले पपुलर क्याटेगोरीतर्फको उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड जिते भने राजकुमार रावलाई ‘ट्रयाप्ड’ फिल्मले उत्कृष्ट अभिनेताको क्रिटिक्स अवार्ड दिलायो । ‘सिक्रेट सुपरस्टार’ की जायरा वसिमले पनि उत्कृष्ट अभिनेत्रीको क्रिटिक्स अवार्ड हात पारिन् ।

चम्किए राजकुमार

अभिनेता राजकुमारले उत्कृष्ट अभिनेताका साथमा ‘बरेली की बर्फी’ का लागि सहअभिनेतामा समेत गरी दोहोरो सफलता पाए । सहअभिनेत्रीको अवार्ड भने ‘सिक्रेट सुपरस्टार’ बाटै मेहर विजले जितिन् । ‘बरेली की बर्फी’ ले अश्विनी अय्यर तिवारीलाई समेत उत्कृष्ट निर्देशकको अवार्ड दिलायो । डेब्यु निर्देशनका लागि अभिनेत्री कोंकोणा सेन शर्माले ‘अ डेथ इन द गन्ज’ का लागि ट्रफी जितिन् । बेस्ट प्लेब्याक सिंगरमा अरिजित सिंहले ‘रोके ना रुके नैना...’ र मेघना मिश्रले ‘नच दी फिरा....’ का लागि अवार्ड हात पारे ।


यसपालिको अवार्ड पहिलेको भन्दा खास रहेको प्रतिक्रिया आइरहेको छ । यसमा सुपरस्टारका चर्चित फिल्म वा बक्स अफिसमा करोडौं कमाउने फिल्मभन्दा विषयगत र क्राफ्टका हिसाबले योग्य वा सुन्दर फिल्मलाई अवार्ड दिइएको बताइन्छ । चर्चा कमाएका फिल्मले त अवार्ड नै पाएनन् ।

सन् १९५० र ६० को दशककी चर्चित अभिनेत्री माला सिन्हा र म्युजिक मास्टर कम्पोजर बप्पी लहिरीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरियो । मालाले नेपाली फिल्ममा पनि अभिनय गरेकी छन् ।

करिब पाँच घण्टा चलेको कार्यक्रममा अक्षय कुमार, रणवीर कपुर, शाहरूख खानलगायत सेलेब्रिटीले प्रस्तुति दिएका थिए ।

एजेन्सी

प्रकाशित : माघ ८, २०७४ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?