फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियो सहित)

काठमाडौँ — ‘आई लभ यु’मा करोड भ्यूज् पाएको र करोड नजिक पुगेको ‘जता जता पिरतीको बाटो’ पछि गायक सरोज ओलीले ‘माछीले खाने खोलीको लेऊ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

फेरि सँगै देखिए प्रियंका, आश्मा र सरोज (भिडियो सहित)

अभिनेत्री प्रियंका कार्की, कार्टुन्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको अभिनय रहेको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामो समयपछि प्रियंका, आश्मा र सरोज एकसाथ एउटै म्युजिक भिडियोमा देखिएका हुन् ।


यसअघि चलचित्र पुरानो डुंगा को ‘नीर जैले रिसाउने’ बोलको गीतमा उनीहरुले सँगै फिचरिङ गरेका थिए । कविराज गहतराजले कोरियोग्राफी रहेको भिडियोको छायांकन सुदिप बरालले गरेका छन् । मेलिना राई र सरोज ओलीको आवाजमा रहेको गीतमा वसन्त सापकोटाको संगीत छ ।


प्रकाशित : माघ ११, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?