कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

डिजिटल स्पेसमा एकछत्र

काठमाडौँ — बलिउड र हलिउड दुवैतिर नाम बनाएकी नायिका/गायिका प्रियंका चोपडाले अर्को पनि उपलब्धि पाएकी छन् । उनी सन् २०१८ का विश्वकै उत्कृष्ट २५ सेलिब्रिटीको सूचीमा परेकी छन् । डिजिटल स्पेसका २५ प्रभावशाली व्यक्तिमध्ये उनी पन्ध्रौं नम्बरमा परेको डीएनए इन्डियाले जनाएको छ । 

डिजिटल स्पेसमा एकछत्र

हलिउडकी एमा स्टोन र विल स्मिथपछि प्रियंकाको नाम आएको छ । सूचीमा सेलेना गोमेज, रिहाना, डिवेन जोन्सन, लेडी गागा र एलेन डिजेनर्सजस्ता सेलिब्रिटी छन् । हालै मात्र, लिंक्डइनको ग्लोबल इन्फ्लुएन्सर्सको सूचीमा पनि प्रियंका परेकी थिइन् । त्यसमा भारतकै प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी सेलिब्रिटी ओप्रा विन्फ्री, रिचार्ड ब्रान्सन, बिल गेट्स आदि सूचीकृत थिए ।


हाल अमेरिका रहेकी नायिकाले भारतीय सञ्चारमाध्यमसँग यी पछिल्ला उपलब्धिबारे कुराकानी गरेकी छन् । उनी भन्छिन्, ‘यस्ता सूचीहरूमा पर्छु/पर्दिनँ भनेर चिन्ता लिने खालकी मान्छे म होइन । तर, यति गज्जब मान्छेहरूबीच आफ्नो नाम आउँदा राम्रो लाग्दो रहेछ ।’ आफूले फयानहरूसँगको अन्तक्र्रियाका लागि सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको उनले बताएकी छन् । विश्वभरका मान्छेसँग एक–एक गरी कुरा गर्न मिल्ने भएकाले यस्ता सञ्जालहरू मन पर्ने उनको भनाइ छ ।

प्रकाशित : माघ २८, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?