कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘मिस नेपाल’ को वीरगन्ज अडिसन

शंकर आचार्य

पर्सा — मिस नेपाल २०१८ को वीरगन्ज अडिसन सम्पन्न भएको छ । द हिडेन ट्रेजर आयोजक रहेको मिस नेपाल प्रतियोगिताको २१ औं संस्करणका लागि वीरगन्जलगायत मुलुकका विभिन्न सहरमा गरिएको अडिसनकै यो निरन्तरता हो । अडिसन वीरगन्जस्थित भिष्वा होटलमा शुक्रबार सम्पन्न भएको थियो । 

‘मिस नेपाल’ को वीरगन्ज अडिसन

यस अघि बुधबार, बिहीबार र शुक्रबारसमेत गरी यहाँस्थित हरिखेतान, बीसीसी र बीपीसी कलेजमा मिस नेपाल प्रतियोगिताको एक्टिभेसन, पेजेंट हिस्ट्री र अन्तरक्रियाजस्ता कार्यक्रम गरिएका थिए । अडिसनका निर्णायकमा पूर्वमिस नेपाल उषा खड्गी र आयोजक संस्थाका डाइरेक्टर गृहेन्द्र राजवंशी रहेका थिए ।


अडिसनमा पनि उत्साहजनक सहभागिता रहेको खड्गीले बताइन् । ‘वीरगन्जमा ७ देखि ८ जना मात्रै अडिसमा आउने अनुमान गरेका थियौं,’ उनले भनिन्, ‘त्यसविपरीत डेढ दर्जन सहभागी आए, यस पटक अडिसनमा आएका अधिकांशको उचाइ राम्रो र आत्मविश्वासी पनि पायौं ।’ चैत मसान्तमा हुने मिस नेपाल प्रतियोगितामा सहभागिताका लागि उमेरको हद १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको, १० जोड दुई उत्तीर्ण, उचाइ कम्तीमा ५ फिट ४ इन्च हुनुपर्नेजस्ता न्यूनतम योग्यता छन् । वीरगन्जमा कम्तीमा ३ देखि ४ जना छनोट हुने सम्भावना रहेको खड्गीले बताइन् । माइती वीरगन्ज भएकी खड्गीले १२ वर्षपछि यहाँ दोस्रो पटक मिस नेपालको अडिसन भएको बताइन् । यस अघि सन् २००५ मा यस्तो अडिसन भएको थियो ।


यस पटकको अडिसनमा जिल्लाका ग्रामीण भेगका मधेसी तथा वीरगन्जका मारवाडी मूलका युवतीहरूसमेत सहभागी थिए । वीरगन्जसहित विराटनगर, चितवन, बिर्तामोड, धरान, धनगडी, बुटवल, पोखरामा यस्तो अडिसन लिइँदै छ । अब बिर्तामोड र धरानको अडिसन मात्र बाँकी रहेको छ । वीरगन्जले सन् १९९४ मा नेपाललाई पहिलो मिस नेपाल रुबी राणा र सन् २००० की मिस नेपाल उषा

खड्गीको रूपमा २ वटा मिस नेपाल दिइसकेको छ । त्यसपछि पनि नेहा पौडेल, रोजिना श्रेष्ठलगायतका मिस नेपालका प्रतिस्पर्धीहरूले प्रतियोगितामा आफ्नो बलियो दाबेदारी दिएका थिए ।

प्रकाशित : माघ २८, २०७४ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?