बलिउड “कालकोठरी”

कान्तिपुर संवाददाता

काठमाडौँ — बलिउडमा अक्षय कुमारलाई म्याचमेकर अर्थात् लमी भनिन्छ । अभिनेत्री आसिनको विवाह व्यवसायी राहुल शर्मासँग गराइदिएपछि उनलाई यस्तो भन्न थालिएको हो । निर्माता/निर्देशक करण जौहर चाहिँ बलिउडका अविवाहितहरूलाई भेला पारेर ग्रान्ड पार्टी गर्छन् । त्यहाँ थुप्रै जोडाजोडी आउँछन् । तर, ती जोडीबारे तथ्य सामग्री मिडियासम्म विरलै पुग्छ । 

बलिउड “कालकोठरी”

सेलेब्रिटीहरू आफ्ना प्रेम प्रसंग लुकाइरहन्छन् । रणवीर–दीपिकाले एक पटक भनेका थिए, ‘प्रेम सार्वजनिक गर्‍यो भने मिडियाले यसलाई ठूलो सर्कस बनाइदिन्छ ।’ यही डरले हुन सक्छ, यो जोडीले आजसम्म पनि आफूहरू प्रेममा रहेको स्विकारेको छैन । तथापि, यिनलाई थुप्रै पटक एकसाथ देखिएको छ । उनीहरूको सम्बन्ध ओपन सिक्रेट जस्तो बनेको छ । यसरी सबैलाई थाहा भएको तर सार्वजनिक रूपमा आफ्नो प्रेम नस्विकारेका जोडीमै पर्छन्, सलमान खान–लुलिया भन्तुर, सोनम कपुर–आनन्द आहुजा, टाइगर श्राफ–दिशा पटानी आदि ।


सुशान्त सिंह राजपुत र कृति सानोनको अफेयर चलेको झन्डै एक वर्ष पुग्न लाग्यो । रणवीर कपुर र कट्रिना कैफले त झन् छुट्टै घर किनेर सँगै बस्न थालेको समेत सुन्नमा आएको थियो । नरगिस फाखरी र उदय चोपडा बिहे गर्ने तरखरमा थिए । निर्देशक अनुराग कश्यपसँग डिभोर्स भएपछि अभिनेत्री कल्की कोचलिन कलाकार जिम सर्बसँग जोडिइन् । तर, यी सबैले आफूहरू ‘त्यस्तो खाले’ सम्बन्धमा नरहेको बताउने गरेका छन् । कतिपयको चाहिँ सम्बन्ध नै टुट्ने र फेरि जुट्ने पनि भइरहेको छ ।


भारतीय सञ्चारमाध्यमले बलिउडलाई ब्ल्याक होलको संज्ञा दिने गरेका छन् । ‘त्यो गहिरो कालकोठरीमा डुबेपछि सेलिब्रिटीहरू विरक्ति र एक्लोपनको सिकार हुन्छन्,’ डेकन क्रोनिकल पत्रिकामा उल्लेख छ, ‘त्यसैले उनीहरू साथी वा मायाको खोजीमा हुन्छन् । तर, कसैले पनि आफ्नो सम्बन्ध खुलाउन चाहँदैनन् ।’ पत्रिकाले भ्यालेन्टाइन डेका दिन, डेट गरिरहे पनि सार्वजनिक रूपमा सम्बन्ध नस्विकारेका सेलिब्रिटीको सूचीसमेत निकालेको थियो ।


सम्बन्ध नस्विकार्नेहरू

१. सलमान खान र लुलिया भन्तुर

२. दीपिका पादुकोण र रणवीर कपुर

३. सोनम कपुर र आनन्द आहुजा

४. टाइगर श्राफ र दिशा पटानी

५. सुशान्त सिंह र कृति सानोन

प्रकाशित : फाल्गुन ४, २०७४ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?