२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

’लम्फू’ को फस्टलुक

कान्तिपुर संवाददाता

काठमाडौँ — वैशाख २८ लाई रिलिज मिति निश्चित गरिसकेको फिल्म ‘लम्फू’ को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मका मुख्य कलाकारसहित तीन पोस्टर बाहिर आएका हुन् । जसमा डेब्यु नायक कविर खडकाको सोलो पोस्टरदेखि सलोन बस्नेत, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जित भण्डारीदेखि तरकारीवालीको उपनामले भाइरल भएकी कुसुम श्रेष्ठसमेत अटाएका छन् । सबै पोस्टर टौवा क्रिएसनले तयार पारेको हो ।

’लम्फू’ को फस्टलुक

एक युवाको जीवनमा आइपर्ने अकल्पनीय घटनाहरूको फेहरिस्त प्रस्तुत गर्ने बताइएको फिल्म ‘लम्फू’ मा समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने मूलकथा रहेको बताइएको छ । फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका हुन् भने पपुलर मल्टिमिडियाको ब्यानरमा शक्तिबल्दब घोरासैनीले निर्माण गरेका हुन् ।


भूपतिको पटकथा रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ । साता अघि मात्रै अर्जुन पोखरेलको संगीत रहेका फिल्मका चार गीतको अडियो भर्सन सार्वजनिक गरिएको थियो । जसलाई युटयुब भ्युअर्सले शतप्रतिशत सकारात्मक प्रतिक्रिया दिएका छन् । छिट्टै फिल्मको ‘सँगै जिउने सँगै मर्ने...’ बोलको गीतको भिडियो सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : फाल्गुन ५, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?