कन्दराको ‘भ्यालेन्टाइन विशेष’ म्युजिक भिडियो

कान्तिपुर संवाददाता

काठमाडौँ — कन्दरा व्याण्डले आफ्नो भडी गोठैमा एल्बममा समावेश गीत हिमालै मुनीको म्युजिक भिडियो सार्वजनिक गरेको छ । 

कन्दराको ‘भ्यालेन्टाइन विशेष’ म्युजिक भिडियो

एल्बममा समावेश गीतलाई स्रोताले धेरै मन पराएकाले यसको म्युजिक भिडियो बनाइएको व्याण्डले जनाएको छ ।

सदाबहादर व्याण्ड कन्दराका गायक विवेक श्रेष्ठको स्वर रहेको यो गीतको म्युजिक भिडियोको छायांकन पोखरामा गरिएको हो ।

सुन्दर हिमाली दृश्य समावेश गीतमा प्रमेश केसी र आस्था काफ्लेको अभिनय छ । जीवन रसायलीले यसको छायांकन र सम्पादन गरेका हुन् ।

प्रकाशित : फाल्गुन ५, २०७४ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?