‘मर्निङ’ मा बबिना

कान्तिपुर संवाददाता

काठमाडौँ — गायिका बबिना किराती पहिलो सोलो एल्बमसहित आएकी छन् । ‘मर्निङ’ मा सात गीत छन् : ‘माथि माथि’, ‘साइँला’, ‘टाढा थिएँ’, ‘मुटुभित्र’, ‘बिन्दास’, ‘शून्य भा’ छ’ र ‘भुरभुर’ ।

‘मर्निङ’ मा बबिना

डीआर अटु, गणेश पौडेल, छविशित कुलुङ, एलजी विवश, कल्पना धर्ती, सुरेन्द्र कार्की र मिलन किरातीले लेखेका गीतहरूलाइ डीआरले संगीतबद्ध गरेका हुन् । राजु कार्की, महाराज थापा, पुष्कर सुनुवार र आमोस तामाङले संगीत संयोजन गरेका हुन् ।


‘संगीतकार डीआर दाइ तथा नेपाली साहित्य समाज दक्षिण कोरियाको सहकार्यमा यो एल्बम प्रकाशन भएको हो,’ कवि जसराज किरातीकी छोरी बबिनाले भनिन्, ‘मचाहिँ अहिले नै एल्बम निकाल्ने सुरमा थिइनँ ।’


‘माथि माथि’ को चाहिँ म्युजिक भिडियो सार्वजनिक भइसकेको छ । लमजुङको घले गाउँमा छायांकन गरिएको भिडियोमा बबिना र अनिश मगरले खेलेका छन् । निर्देशन चाहिँ युवराज वाइबाको हो ।

प्रकाशित : फाल्गुन ८, २०७४ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?